Comments Add Comment

एमालेले प्रदेश ६ मा सभामुखको टुंगो अाज लगाउने, चन्द्र र राजबहादुरको दावी

१८ माघ,  काठमाडौं । एमालेले आफ्नो भागमा परेको प्रदेश ६ को सभामुखको उम्मेदवार आज टुंगो लगाउँदै छ ।

भोलि (सोमबार) बस्ने प्रदेश संसद बैठकको कार्यसूचीमा सभामुखको चुनाव रहेकोले एमालेले आजै उम्मेदवारको टुंगो लगाउन लागेको हो ।

सभामुखको टुंगो लगाउने जिम्मा प्रदेश ६ का संसदीय दलका नेता यामलाल कंडेल र सांसद प्रकाश ज्वालालाई दिइएको छ । दलका नेता कंडेलले आइतबार साँझसम्म उम्मेदवार टुंगो लगाउने जानकारी दिए ।

सभामुखका लागि एमालेमा मुगुका चन्द्र शाही र दैलेखका राजबहादुर शाहीले दावी गरिरहेका छन् । चन्द्र मुगु प्रदेश (ख) र राजबहादुर दैलेख क्षेत्र नं.२ को प्रदेश (ख) बा निर्वाचित भएका हुन् । दावी गरेका चन्द्र र राजबहादुर मध्ये एक जनालाई सभामुख बनाउने जनाइएको छ ।

स्रोतका अनुसार दुई जना मध्ये चन्द्र नै सिनियर भएकोले उनकै नाममा सर्वसम्मत गराउने पहल भइरहेको छ । चन्द्र यस अघि पनि एक पटक सांसद भइसकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment