+
+

टुट्यो सोनाक्षीको प्रेम

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २८ गते ११:३५


नायिका सोनाक्षी सिन्हा लामो समयदेखि एक यूवकको प्रेममा छिन् । तर, उनले कहिल्यै पनि आफ्नो प्रेमलाई भने स्विकार गरिनन् । सोनाक्षी बन्टी सचदेवको प्रेममा रहेको खबर लामो समयदेखि सार्वजनिक भएको थियो । यी दुई धेरै स्थानमा एकसाथ पुग्ने पनि गरेका थिए ।

तर, अब यी दुइको प्रेममा दरार आएको खबर भारतीय मिडियाले लेखेका छन् । मिडिया रिपोर्टका अनुसार यी दुई अलग भएका छन् । यी दुइलाई मिलाउन उनीहरुको साथीहरुले धेरै कोशिश गरेपनि अन्तत उनीहरुले अलग हुने निर्णय लिएको भारतीय मिडियामा खबर छ ।

उनीहरुले अब छुट्टाछुट्टै बाटो हिड्ने निर्णय गरेका हुन् । तर, यी दुइले एकसाथ हुँदा पनि प्रेममा रहेको कुरा स्विकार भने गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?