Comments Add Comment

पार्टी एकता टुंगो लगाउन ओली र प्रचण्डबीच छलफल

फाइल तस्वीर

२९ माघ, काठमाडौं । पार्टी एकताको विषयलाई टुंगो लगाउने प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छलफलमा जुटेका छन् ।

एमाले-माओवादीबीच एकता प्रक्रिया चलिरहे पनि यसले मूर्तरुप लिन सकेको छैन । दुवै पार्टीलाई एकता टुंग्याउन दबाव परिरहेको छ । यहीबीच दुवै पार्टीका अध्यक्षबीच सोमबार ललितपुरस्थित एक व्यक्तिको निवासमा भेटवार्ता भएको हो ।

नेताहरुले पार्टी एकतालाई छिट्टै निष्कर्षमा पुर्‍याउने दावी गरे पनि छलफलबाट प्रगति भएको देखिँदैन ।

एमाले अध्यक्ष ओलीसँगको छलफलपछि सोमबार नै माओवादीको केन्द्रीय कार्यालय बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment