Comments Add Comment

३१ तोला चाँदीसहित ३ भारतीय नागरिक पक्राउ  

२ फागुन, महोत्तरी । सशस्त्र प्रहरीले ३१.४ तोला चाँदीसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

ज ६ प ४२१४ नम्बरको सुजुकी मोटरसाइकलमा चढेर भारतबाट नेपाल आउँदै गरेका उनीहरुलाई सम्सीको सशस्त्र प्रहरी चेकपोस्टमा कार्यरत सशस्त्र प्रहरीले चेकजाँच गर्दा चाँदी र नगदसहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा भारतको सितामढी बस्ने २१ वर्षका अजयकुमार साह, २२ वर्षका विक्कीकुमार साह र २८ वर्षका राजु साह रहेका छन् । सशस्त्र प्रहरीले पक्राउ परेका तीनै जनालाई जलेश्वर भन्सार कार्यालय, मलिवारामा बुझाएको छ ।

उनीहरुसँग ३४ हजार ४ सय नेपाली रुपैयाँ, २१ हजार ३ सय ७० भारतीय रुपैयाँ र एकथान मोबाइलसमेत बरामद भएको सम्सीस्थित शसस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment