+
+
Shares

प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही नियुक्त, सपथ भोलि

भरतबन्धु थापा भरतबन्धु थापा
२०७४ फागुन ३ गते १७:०७

३ फागुन, सुर्खेत । प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्र प्रदेश ६ का संसदीय दलका नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् ।

पूर्व ऊर्जामन्त्री समेत रहेका शाहीलाई मुख्यमन्त्री बनाउन वाम गठबन्धनले एमाले संसदीय दलका नेता यामलाल कंडेलको समर्थनमा प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष दावी पेश गरेको थियो ।

बिहीबार दावी पेश गरेसँगै शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । बिहीबार नै मुख्यमन्त्रीमा चयन भएपनि शपथग्रहण भने भोलि हुने प्रदेश सचिवालयले जनाएको छ ।

प्रदेश ६ भागबण्डामा एमालेको भागमा परेपनि एमालेले आलोपालोको प्रस्ताव राखेपछि मुख्यमन्त्री चयनमा ढिलाइ भएको थियो ।

प्रदेश ६ मा जम्मा ४० सांसद मध्ये एमालेका २० र  माअोवादीका १३ गरी वामगठबन्धनका ३३ जना  छन् भने कांग्रेसका ६ र राप्रपाका एक जना सांसद रहेका छन् ।

 

लेखक
भरतबन्धु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?