Comments Add Comment

आश्मा र सरोजको ‘ट्वान्टी फस्र्ट लभ’


युटुबमा बेजोड डान्सकै कारण चर्चामा रहेको डान्स ग्रुप ‘कार्टुन क्रुज’का मुख्य सदस्य आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय रहेको सिरिज ‘ट्वान्टी फस्र्ट लभ’ तयार भएको छ । केहि दिनपछि युटुब र टेलिभिजनमा प्रशारण हुन लागेका यो सिरिजको ट्रेलर भने सार्वजनिक भएको छ । किशोर किशोरीको प्रेम कथालाई यो सिरिजमा प्रस्तुत गरिएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा सिरिज निर्माण कम्पनी एसियन म्यूजिकका प्रमुख इश्वर गुरुङले पछिल्लो पुस्तालाई लक्षित गर्दै सिरिज तयार पारिएको बताए । शरिन पोखरेलले यो सिरिजको निर्देशन गरेका हुन् । मिलन शंकर र ज्ञानेन्द्र शर्माको छायांकन रहेको सिरिजमा अशोक मल्लको सम्पादन छ ।

कमेडी र भावानात्मक पक्षलाई समेत समावेश गर्दै युवापुस्ताको बदलिदो प्रेमकथालाई सिरिजमा प्रस्तुत गरेको निर्देशकले बताए । सिरिजमा आश्मा र सरोजसँगै अनुष्का अधिकारी, संयोग हुमागाँई, निशान्त सुवेदी, रोश्न कार्की, विजय अधिकारी लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment