Comments Add Comment

कांग्रेसको कार्यसम्पादन समितिको बैठक भोलि

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले फागुन १० गते बिहीबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

बिहीबार विहान ९ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी बैठक बस्ने जानकारी दिएका हुन् । का‌ंग्रेसको केन्द्रीय कार्यसम्पादन समिति २९ सदस्यी छ ।

फागुन २१ गते संसद बैठक आह्वान गरिएको छ । कांग्रेसले संसदीय दलको नेता चयन गर्न बाँकी नै छ । दलको नेतामा सभापति शेरबहादुर देउवा र प्रकाशमान सिंहले चासो देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment