Comments Add Comment

चीन र भारतका राजदूतले निवासमै पुगेर ओलीलाई भने ‘हृयाप्पी बर्थडे’

स्थायी कमिटी बैठक शुरु गर्नुअघि काटियो बर्थडे केक

११ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको ६७ औं जन्मदिन यसपटक बिगतको भन्दा भिन्न रहृयो ।

हुन त ओलीले केही वर्षयता आफ्नो जन्मदिन फरक फरक शैलीमा मनाउने गरेका छन् ।

अघिल्लो जन्मदिन झापा क्रान्तिका आफ्ना सहयोद्धाहरुलाई बालकोटमै जम्मा गरेर मनाएका ओलीले त्योभन्दा अघिल्लो जन्मदिन कलाकार र स्रष्टाहरुलाई भेला गरेर मनाएका थिए ।

यसपटक भने उनको जन्मदिनलाई पार्टीका शीर्ष नेता, कार्यकर्ता र दुई ठूला छिमेकी देशका राजदूतहरुले भव्य बनाइदिए ।

प्रधानमन्त्री ओलीको जन्मदिनमा मदन भण्डारी स्पोर्टस एकेडेमीले निवासमै लगेर केक काट्ने व्यवस्था मिलाएको थियो । पार्टीको स्थायी कमिटी बैठकका लागि जम्मा भएका नेताहरुले सामुहिक रुपमा ओलीलाई जन्मदिनको शुभकामना दिएका थिए ।

ओलीलाई जन्मदिनको शुभकामना दिन नेपालका लागि चीन र भारतका राजदूत फुकको बुके लिएर बालुवाटार पुगेका थिए । ओलीको जन्मदिनका अवसरमा आज अपरान्ह पनि कार्यकर्ताले विशेष कार्यक्रम गर्न लागेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment