Comments Add Comment

महत्वपूर्ण निर्णय गर्दै सकियो एनअारएनए यूएर्इको बैठक

२५ फेब्रुअरी, यूएर्इ ।  एनअारएनए, यूएर्इको बैठक बिभिन्न महत्वपूर्ण निर्णय गर्दै सकिएको छ ।

२३ फेब्रुअरीमा बसेको बैठकले सहयोग, उद्धार तथा सांस्कृतिक कार्यक्रम गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकले बिगतका कार्यक्रमका बारेमा समीक्षा समेत गरेको छ । बैठकमा अधिबेशन पश्चात भएका कार्यहरुको संक्षित जानकारी गराउदै संघको आयोजनामा बिगतमा सप्पन्न कार्यक्रम तथा अभियान सफल भएको ठहर गर्दै एनआरएन यूएईले भाबी योजना सार्बजनिक समेत गरेको छ ।

होली खेलाउदै एनआरएन

एनआरएन यूएईले आगामी मार्च २ तारिक होली पर्बको बिशेष अवसर पारेर यूएईमा होली बिशेष कार्यक्रम आयोजना गर्ने र उक्त कार्यक्रम आपसी सम्बन्ध बिस्तार, संस्कृति संरक्षण तथा प्रबर्दन गर्ने हेतु यूएईमा क्रियाशील सम्पूर्ण संघ संस्थालाई आमन्त्रण गरिने जनाइएको छ ।

उक्त कार्यक्रमको संयोजन गर्नका निमित्त उपाअध्यक्ष नेत्र शर्मा लाइ संयोजक तोकिएको छ।

मैत्रीपूर्ण फुटबल पनि

आगामी मार्च २३ तारिक २०१८ का दिन अन्तर संघ संस्था मैतिपूर्ण फुटबल प्रतियोगिता गरिने भएको छ।

दुबईको साफा पार्कमा हुने उक्त प्रतियोगिताको संयोजन जिम्मा संघका युवा संजाल प्रतिनिधि नबिन पौडेल तथा दुबै क्षेत्रीय अध्यक्ष मदन अधिकारीलार्इ दिइएको छ।

साथसाथै यूएईमा रहेका बिभिन्न अस्पतालमा नेपाली बिरामीको तथ्यांक खोज्दै एनआरएन यूएईका सरकारी अस्पतालमा लामो समयदेखि उपचाररत नेपालीहरुको विवरण संकलन गर्ने र सहयोग आवस्यक रहेकाहरुको पहिचान तथा प्राथिमिकताको हिसाबले बर्गिकरण गरी आवस्यक सहयोग उपलब्ध गराउने समेत निर्णय उक्त बैठकले गरेको छ ।

उक्त कार्यको निमित्त आवस्यक पहल र कार्य गर्नको निमित्त संघका केन्द्रीय सदस्य समशेर योञ्जनलाई संयोजक तोकिएको छ ।

नेपालमा आकस्मिक प्राथमिक उपचार तालिममा सहकार्य

गैरआवासीय नेपाली संघको पहल, सहयोग तथा संयोजन साथै डिस्कोभरी रोयल स्पोर्ट्स एल.एल सी कम्पनीको आयोजनामा नेपालका ७ जिल्लामा पहिलो चरणमा सम्पन्न हुन् गैरहेको निःशुल्क प्रथामिक उपचार तालिम गुणात्मक रुपमा सफल बनाउनका निमित्त आबस्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने भएको छ ।

उक्त कार्यक्रममा प्रतक्ष्य रुपमा सहभागी हुनका निमित्त संघका सचिब राजेश बोहरा लाइ उक्त कार्यक्रमको निमित्त तालिम संचालन हुने स्थानमै उपस्थित रहेर निरीक्षण तथा आबस्यक संयोजन गर्नका निमित्त कार्यकारी तोकिएको छ।

दुई सल्लाहकारको नियुक्ति

उक्त बैठकले संघको सल्लाहकारमा दुई सदस्य थप गर्ने निर्णय गरेको छ । यूएईमा लामो समयदेखि एनआरएन अभियानमा आबद्द रहदै गैरआवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद यूएईको बिभिन्न ओहोदामा रही अहम भूमिका निभाउँदै आएका साथै बिभिन्न सामाजिक कार्यमा क्रियासिल सालिक सुबेदी तथा बिकास अधिकारीलाई संघको सल्लाहाकारमा नियुक्त गरेको छ।

युएईका सबै नेपाली संघसंस्थासंग सहकार्य गर्ने

यूएईमा क्रियाशील रहेका बिभिन्न सामाजिक संघ संस्थाहरुसँग सम्बन्ध बिस्तार, सौहार्दता र आपसी सदभाब बृदी गर्दै सामाजिक कार्यमा हातेमालो गर्ने उदेश्यका साथ् हरेक हप्ता बिभिन्न संघ संस्था संग भेट घाट, परिचय तथा अन्तरक्रिया गरिने र उक्त कार्यक्रमको आबस्यक संयोजनका निमित्त संघका उपाअध्यक्ष बालकृष्ण मरासिनी लाइ संयोजकको जिम्मेवारी तोकिएको छ ।

नारी दिवसमा अन्तरक्रिया

आउँदै गरेको नारी दिवसको अवसर परेर आगामी मार्च ९ का दिन युएईमा रहेका बिभिन्न संघ संस्थामा आबद्द महिला प्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ।

तेसै गरी सामाजिक कार्यमा सबैको सहभागिता र सहकार्यका निमित्त आगामी अप्रिल महिनामा यूएईमा रही व्यावसाय गर्नु हुने सम्पूर्ण नेपाली ब्यवसायीहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने समेत संघको बैठकले निर्णय गरेको छ।

तीजमा बृहत साङ्गितिक कार्यक्रम गर्ने

एनआरएनको बैठकले आगामी ७ सेप्टेम्बर २०१८ का दिन बृहत सांस्कृतिक कार्यक्रमको आयोजनसहित वार्षिक उत्सब कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।

उक्त कार्यक्रमकै समयमा नेपाली महिलाहरुको बिशेष चाड हरितालिका तिज समेत पर्ने हुँदा संस्कृतिक कार्यक्रम तिज बिशेष समेत हुने र उक्त कार्यक्रमा बाट उठेको रकम संघको आपतकालीन राहत तथा उद्दार कोषमा जम्मा गरिने भएको छ।

उक्त बृहत कार्यक्रमका निमित्त कार्यक्रम मुल आयोजक समितिसहित बिभिन्न उपसमिति समेत बनाएर कार्यक्रम भब्य रुपमा सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment