Comments Add Comment

न्यूयोर्कमा ‘अन्त्यहीन इच्छा’को लोकार्पण

२६ फेब्रुअरी, न्यूयोर्क । अनेसास बोर्ड अफ ट्रष्टी उपाध्यक्ष तथा साहित्यकार गीता खत्रीको साझा प्रकाशनबाट प्रकाशित छैठौं पुस्तक कृति ‘अन्त्यहीन इच्छा’ कथासंग्रहको लोर्कापण गरिएकिो छ ।

न्यूयोर्क​स्थित ज्याक्सन हाइटस् हिमालयन याकमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरको आयोजनामा कविता वाचन कार्यक्रम सहित कृतिको लोकार्पण गरिएको हो ।

कृतिको पञ्चकन्याबाट लोर्कापण गरियोको हो । कृति समिक्षा साहित्यकार तथा वाणिज्यदूत कृसु क्षेत्रीले गरेका थिए ।

महावाणिज्यदूत मधुकुमार मरासीनीले लामो समयदेखि विदेशमा बसेर नेपाली भाषासाहित्यको विकास र उन्नयनमा साहित्यकार गीता खत्रीले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

यस्तै अनेसास न्यूयोर्क च्याप्टरकी उपाध्यक्ष साहित्यकार शकुन ज्ञवालीले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेकी थिइन ।

बीस जनाभन्दा बढी साहित्य सर्जकहरुले आआफ्नो कविता बाचन गर्दै साहित्यकार गीता खत्रीलाई नेपालको सबैभन्दा जेठो प्रकाशन संस्था साझा प्रकाशनबाट कृति प्रकाशन भएकोमा बधाई दिएका थिए ।

कार्यक्रमको समापन अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका थिए भने सहजिकरण कवि लक्ष्मी श्रेष्ठले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment