Comments Add Comment

थप पुँजी नल्याई अर्थतन्त्रको समस्या समाधान हुँदैनः अर्थमन्त्री


१७ फागुन, काठमाडाैं । अर्थमन्त्री युवाराज खतिवडाले थप पुँजी प्रवेश नगराई अर्थतन्त्रको वर्तमान समस्या समाधान हुन नसक्ने बताएका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पुगेका उद्योगी/ब्यावसायीलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले थप पुँजी ल्याउने मामिलामा ब्यावसायीकै भूमिका प्रमुख हुने बताए ।

खतिवडाले सरकार र व्यवसायी मिलेरै वर्तमान समस्या हल गर्न सकिने उल्लेख गरे । उनले विदेशी कम्पनीलाई पुँजी फिर्ता लैजाने समस्या निश्चित कम्पनीका लागि मात्रै देखिएकाले व्यवसायीले बुझेर मात्र यो विषय उठानुपर्ने बताए ।

कानुनबोहक कसैले कर नउठाउने भन्दै उनले स्थानीय तह, प्रदेशर संघीय सरकार यसमा स्पष्ट रहेको बताए । व्यवसायी र सरकारबीच स्वार्थ बाझिने उल्लेख गर्दै खतिवडाले व्याजदरमा समस्या भने भएको स्वीकारे । उनले व्याजदरमा देखिएको समस्या समाधानका लागि आफूले राष्ट्र बैंकसँग छलफल गरिसकेको पनि बताए ।

बालुवाटार पुगेका  ब्यावसायीसँग ओलीले रंग साटासाट गर्दै होली मनाएका थिए ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment