+
+

भ्रष्टाचार हुन्न, बोलेको फरक परे सार्वजनिक रुपमा च्यालेन्ज गर्नुस् : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १८ गते १९:००
फाइल फोटो

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने दाबी गरेका छन् ।

शुक्रबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अबको नेपाल स्वच्छ हुन्छ किनभने लिडरसिपलाई केही लिनु छैन । मातहतका नजरमा गिर्नुछैन ।’

अघि भने, ‘मैले बोलेको कुरामा फरक पर्‍यो भने सार्वजनिक रुपमा औला ठड्याएर च्यालेन्ज गर्नुस् ।’

मातहतको व्यक्तिको नजर नगिर्नु नै भ्रष्टाचार अन्त्य गर्ने सूत्र भएको प्रधानमन्त्रीले सुनाए ।

‘म प्रधानमन्त्री छु, एक्लै घरमा बसेर भ्रष्ट हुन सकिदैन । कसैलाई लगाउनुपर्छ, ठेकेदार, कारोबारी कोही नमिलाई अथवा त्यसलाई मिलाउन मातहतको कसैलाई लगाउनुपर्छ’ उनले भने, ‘मातहतको मान्छेले चिन्छ, बाहिरबाहिर ठूलो कुरा गर्दोरहेछ, भित्र भ्रष्ट रहेछ । मातहतको मान्छेको नजरमा गिरेपछि म भ्रष्ट हुन्छु ।’

प्रधानमन्त्री ओलीले सरकारले ढिला नगरी आवश्यकता अनुसार शैक्षिक जनशक्ति उत्पादन गर्ने बताए ।

काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा रहेको २३ आना जग्गा भित्र मनमोहन सेन्टर एनेक्स भवन निर्माण गर्न लागिएको हो ।

१९ महिनाभित्र सम्पन्न गरिसक्ने भवन तथा सहरी विकास विभागले जनाएको छ । भवन निर्माणका लागि सरकारले ३० करोड रुपँैया बजेट विनियोजन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?