Comments Add Comment

कांग्रेस संसदीय दल नेता छनोटः उम्मेदवारी दर्ता आज


२० फागुन, काठमाडौं । कांग्रेस संसदीय दलको नेता छनोटका लागि भोलि हुन गइरहेको चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षले दाबी गरेपछि कांग्रेसले चुनावमार्फत नेता छान्न लागेको हो ।

संसदीय दल नेता छनोटका लागि गठन गरिएको निर्वाचन समितिका अनुसार संसदीय दलको नेतामा उम्मेदवार बन्न इच्छुकले अाइतबार अपराह्न ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।

निर्वाचन सोमबार बिहान १० बजेदेखि १ बजेसम्म हुनेछ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वसम्मतरुपमा संसदीय दलको नेतामा दोहोरिने इच्छा देखाए पनि पौडेल समूहले मानेको छैन । पौडेल समूहले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई अघि सार्ने तयारी गरेकाले देउवा र सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रतिनिधिसभामा कांग्रेसको ६३ सदस्य छन् । यीमध्ये संस्थापन पक्षसँग बहुसंख्यक सदस्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment