Comments Add Comment

बार्सिलोना भर्सेस एथ्लेटिको मड्रिडः कसले लैजाला तीन अंक ?

केही समयअघिसम्म एथ्लेटिको मड्रिडका लागि ला लिगाको उपाधि असम्भव सपना जस्तो थियो । तर, आज बार्सिलोनाविरुद्धको खेल आफ्नो पक्षमा पार्न सके उसले यो सपनालाई यथार्थको नजिक ल्याउनेछ ।

अर्जेन्टिनी कोच डियगो सिमोओनको टिमले अब पाँच खेल खेल्न बाँकी छ । त्यसैले क्यटालोनियामा जित हासिल गरेमा त्यसले उसको दाबेदारीलाई पक्कै बलियो बनाउनेछ ।

‘हाम्रो लक्ष्य आफूलाई सुधार्नु हो,’ सिमोओनले म्याच पूर्वको पत्रकार सम्मेलनमा भने, ‘हामीले सँधै अन्तिमसम्म लडेका छौं र आजको म्याचमा पनि लड्नेछौं ।’

बलियो टिमविरुद्धको म्याच अत्यन्त महत्वपूर्ण रहेको उनी बताउँछन् । ‘भाभर्डेले नेइमारको बहिर्गमनपछिको रिक्ततालाई सन्तुलनमा ल्याएका छन् । हामी त्यस्तो टिमविरुद्ध खेल्दैछौं जसले सिजनभरी उत्कृष्ट फुटबल खेलेका छ,’ उनले अगाडि थपे ।

टिमले अझै भिल्लारियल र रियल मड्रिडविरुद्ध खेल्नै बाँकी छ । तर, बार्सिलोनाविरुद्धको जितले रोजीब्लान्कोसका लागि यात्रा सहज बनाउने सिमेओन बताउँछन् ।

लियोनल मेस्सी र एन्टोनी गिजम्यानले कुनै पनि अवस्थाबाट गेम चेन्ज गर्न सक्ने भन्दै उनले दुवैको खुलेर प्रशंसा गरे ।

‘मेस्सीजस्ते फुटबलरविरुद्ध कुनै पनि रणनीति फेल खान सक्छन् । उनी यति स्वभाविक छन् कि उनलाई नियन्त्रण गर्नै सकिँदैन,’ उनले भने ।

भाल्भर्डे भन्छन्- यो फाइनल होइन

बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भर्डेले एथ्लेटिको मड्रिड विरुद्धको खेल आफ्नो लागि निर्णायक नभएको बताएका छन् ।

‘यो ला लिगाको फाइनल होइन,’ उनले पत्रकारहरुसँग भने, ‘विजेताले महत्वपूर्ण तीन अंक लैजानेछ, तर यो निर्णायक हुनेछैन ।’

एथ्लेटिकोको रक्षापंति सुदृढ रहेको भन्दै उनले प्रशंसा गरे । ‘हामी दुवै बलिया टिम हौं र तीन अंकले धेरै माने राख्छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment