Comments Add Comment

इन्स्टाग्राममा भ्वाइस तथा भिडियो कलिंग फिचर

फोटो तथा भिडियो शेयरिंग एप इन्स्टाग्राममा निकट भविष्यमा भ्वाइस तथा भिडियो कलिङ फिचर उपलब्ध हुनेछ ।

स्न्यापच्याटलाई माथ दिनका लागि फेसबुकले इन्स्टाग्राममा यस्तो फिचर थप गर्ने योजना बनाएको हो । इन्स्टाग्रामको एपिके भर्सनमा कल तथा भिडियो कलको फिचर्स देखिएको छ ।

फेसबुक स्वामित्वको इन्स्टाग्रामले अहिलेसम्म यस विषयमा भने केही बोलेको छैन । तर एपिके भर्सनले इन्स्टाग्राममा आगामी दिनमा थप हुन लागेको फिचर्सलाई संकेत गरेको विश्लेषण गरिएको छ । यो भर्सनमा कुनैपनि फिचरको परीक्षण गर्ने गरिन्छ । परीक्षण सफल भएमा त्यसलाई सबैका लागि उपलब्ध गराइन्छ ।

इन्स्टाग्राममा भ्वाइस तथा भिडियो कलिंग फिचर आउन लागेको समाचार यसअघि पनि आएको थियो । ध्भद्यभतबक्ष्लाय ले पनि इन्स्टाग्रामले भिडियो कलिंग सम्बद्ध फिचर्सको परीक्षण गरिरहेको समाचार यसअघि प्रकाशित गरिसकेको छ ।

यदि भ्वाइस तथा भिडियो कल फिचर थपिएमा इन्स्टाग्राम अल इन वन एप बन्नेछ । यसले स्न्यापच्याट जस्ता प्रतिस्पर्धी एपलाई कडा टक्कर दिनेछ । कतिपयले इन्स्टाग्रामलाई स्न्यापच्याटका फिचर कपी गर्ने गरेको आरोप पनि लगाउने गरेका छन् ।

दुई वर्षअघि फेसबुकले इन्स्टाग्राममा स्टोरिज फिचर पेश गरेको थियो, जुन स्न्यापच्याट सँग मिल्दोजुल्दो छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment