Comments Add Comment

सवारीसाधन दुर्घटना न्यूनिकरण गर्न गोरखामा चेतनामूलक होडिङ बोर्ड

२४ फागुन, गोरखा । सवारीसाधन दुर्घटना न्यूनिकरणका लागि गोरखामा ट्राफिक नियम सम्बन्धी चेतनामूलक होडिङ बोर्ड राख्ने अभियान संचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला ट्राफिक कार्यालय गोरखालेे होडिङ बोर्ड अभियान संचालन गरेको हो ।

अभियान अन्तरगत बिहीबार जिल्लाका बिभिन्न ठाउँमा ट्राफिक नियम अंकित होडिङ बोर्ड राखिएको गोरखा ट्राफिक इन्चार्ज दयाराम पौडेलले बताए । ‘बोर्डमा ट्राफिक चिन्हका साथै सवारी नियम सम्बन्धी बिभिन्न जनचेतनामूलक कुराहरु राखेका छौ,’ उनले भने, ‘यसले सडक प्रयोग गर्नेहरुलाइ सचेत गराउने र दुर्घटना न्यूनिकरणमा सहयोग पुर्‍याउने अपेक्षा छ ।’

दुर्घटना न्यूनिकरणका लागी सडक प्रयोगकर्ताहरु आफै सचेत हुनुपर्ने पनि उनले बताए । ‘दुुर्घटना न्यूनिकरणका लागी अभियान त शुरु गर्‍यौ तर यसलाई सफल बनाउन सवारी चालकसँगै यात्रुहरु पनि आफै सचेत हुुनुपर्छ,’ पौडेलले भने ।

पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढेको भन्दै त्यसको न्यूनिकरणका लागि उक्त अभियान संचालन गरिएको उनको भनाइ छ ।

दुर्घटना न्यूनिकरणका लागि कार्यालयले सडकका घुम्तिहरुमा कम्भेक्स मिरर राख्दै आएको छ ।

सवारी चालकसँग एक मिनेट भन्ने अभियान पनि संचालनको तयारीमा रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment