Comments Add Comment

यी एन्ड्रोइड डिभाइसमा प्राप्त हुनेछैन गुगलको नयाँ अपडेट

आगामी मे महिनामा गुगलको डेभलपर कन्फ्रेन्स हुँदैछ । त्यस अवसरमा कम्पनीले एन्ड्रोइड अपरेटिंग सिस्टमको नयाँ भर्सन सार्वजनिक आशा गरिएको छ ।

गुगलले यसअघि नै एन्ड्रोइडको नयाँ भर्सन एन्ड्रोइड पी को डेभलपर रिभ्यू जारी गरिसकेको छ ।

यसका साथै कम्पनीले यो पनि खुलासा गरेको छ की उसले केही स्मार्टफोनका लागि एन्ड्रोइड पी को अपडेट जारी गर्नेछैन ।

गुगलले यो पनि यकिन गरिसकेको छ की नेक्सस फाइभ, नेक्सस सिक्स तथा पिक्सेल सी ट्याबलेटका लागि एन्ड्रोइड तथा अन्य अपडेट अब जारी गरिनेछैन । यी तिनवटै प्रडक्ट गुगलले सन् २०१५ मा लञ्च गरेको थियो र पछिल्लो तिन वर्ष यी तिनैवटा प्रडक्टलाई पूर्णरुपमा सपोर्ट गर्यो ।

यद्यपि गुगल पिक्सेल, पिक्सेल एक्सएल, पिक्सेल टूतथा पिक्सेल टूएक्स एललाई एन्ड्रोइड पी सँगसँगै अन्य सेक्योरिटी अपलेड उपलब्ध हुनेछन् । उपर्युक्त स्मार्टफोन प्रयोगकर्ताले अब एन्ड्रोइड पी (एन्ड्रोइड ९) को डेभलपर पि्रभ्यू१ डाउनलोड गर्न सक्नेछन् ।

गुगलका अनुसार डेभलपर्स पि्रभ्यूका माध्यमबाट प्रयोगकर्ताले एप्स तथा गुगलका नयाँ रिलिज गरिएका टुल्सको फूलस्त्रिmन परीक्षण गर्न सक्नेछन् । गुगलका अनुसार नयाँ भर्सनको अपरेटिंग सिस्टममा क्विक सेटिंग तथा नोटिफिकेसनको लुक्समा केही परिवर्तन गरिएको छ । साथै नोटिफिकेसनमा सिधै मेसेजिंग एपको साथ स्मार्ट रिप्लाई, इमेज तथा स्टिकर्स सपोर्ट प्राप्त हुनेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment