Comments Add Comment

क्रिकेट विवादः साधारणसभा बोलाउन आनाकानी, आईसीसीसँग बजेट माग

३० फागुन, काठमाडौं । निर्वाचित नेपाल क्रिकेट संघले अन्तराष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले दिएको समयसीमाभित्र विधान संशोधन गर्न नसकिने बताएको छ ।
उसले बजेट अभाव लगायतको कारण देखाएर साधारणसभा बोलाउन आनाकानी गरेको छ ।

आईसीसीको उच्चस्तरीय टोली नेपालमा आएर विवादित विषयमा सहमति जुटाएको थियो र मार्च २३ भित्र साधारणसभा बोलाएर विधान संशोधन गर्न भनेको थियो ।

तर, निर्वाचित क्यानले साधारणसभा बोलाएको छैन । महासचिव अशोकनाथ प्याकुरेलका अनुसार बजेट लगायतका विषयमा आईसीसीसँग सम्वाद भइरहेको छ । उनले भने, ‘केन्द्रीय समिति बोलाएर साधारणसभाको मिति तय गर्नुपर्छ र २१ दिनको सूचना दिनुपर्छ । तर, बैठक बोलाउन बजेट नभएको र केही विषय प्रष्ट पार्नु भएकाले आईसीसीसँग कुराकानी भइरहेको छ ।’

मार्च महिनाभित्र साधारणसभा बोलाउन अब सम्भव नभएको आईसीसीलाई भनिएको उनले बताए ।

निर्वाचित क्यानले साधारणसभा बोलाएर सहमति अनुसार विधान संशोाधन नगरे नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गर्ने अवसर गुम्न सक्ने कतिपयको चिन्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment