Comments Add Comment

‘जय मायाप्रेम’ सार्वजनिक


एल्बम ‘जय मायाप्रेम’ सार्वजनिक गरिएको छ । अर्जुन रत्न ‘भिकारी’को एकल शब्द, चेतन सापकोटाको एकल संगीत र नारायण धितालको एकल स्वर रहेको एल्बम बजारमा आएको हो । कलाकार निर शाह, नारायण र चेतनका गुरु चन्दन श्रेष्ठको उपस्थितीमा ४ गीत समावेश एल्बम बजारमा ल्याइएको हो ।

एल्बममा ‘दाउरा उपहार’, ‘जरुवाको पानी साह्रै मिठो’, ‘बिहे गरी लाने हो’ र ‘चिसो चिसो मन्द मन्द बतास’ बोलको गीत समावेश गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा एल्बममा समावेश चारै वटा गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो ।

भिडियोमा निकेश खड्का, तेन्जु योन्जन र युबराज वाइवाको निर्देशन छ । भिडियोमा प्रियंका कार्की , बेनिशा हमाल , सुष्मा अधिकारी , सोनु घर्तिसँगै अर्जुन , नारायण र चेतनले मोडलिङ गरेका छन् । तिन गीतको छायांकन हिमाली भेगको मनोरम दृश्यमा गरिएको छ, जसलाई सुदिप बरालले छायांकन गरेका छन् ।

एक गीतको भने उत्तम हुमागाईले गरेका हुन् । यो टिमले ‘दाउरा उपहार’ बोलको गीतको भिडियो युटुबमा सार्वजनिक गरेको छ । भिडियोमा अर्जुन रत्न र प्रियंका कार्कीको मोडलिङ छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । एल्बममा सबै प्रकारका गीत समावेश गरिएको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment