Comments Add Comment

भक्तपुरको सूर्यविनायकमा स्मार्ट सेलको स्मार्ट सेन्टर


२ चैत, काठमाडौं । हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन भक्तपुरको सूर्य विनायकस्थित आरएन भवनमा आफ्नो आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ ।

शुक्रबार प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त कुरा स्मार्ट टेलिकमले उल्लेख गरेको छ ।

सेन्टरबाट भक्तपुर तथा आसपासका ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाहरुलाई सहज एवं सुलभ तरिकाबाट समाधान गरिने छ । कम्पनीले प्रदानगर्ने नयाँ-नयाँ सेवा तथा उत्पादनहरुको जानकारी ग्राहकहरुलेसहजै प्राप्त हुनेछ ।

स्मार्ट सेलको नयाँ सेन्टरको उद्घाटन कम्पनीका अध्यक्ष सर्वेस जोशीले गरे । ग्राहकहरुको लागि सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्य नै यस सेन्टरको रहेको कुरा वहाले उद्घाटन कार्यक्रममा उल्लेख गरे ।

यसअघि स्मार्ट सेलले कुमारी पाटी तथापुतली सडकमा पनि आफ्नो सेन्टरको स्थापना गरी सकेको छ भने आगामी दिनमा पोखरामा आफ्नो सेन्टर स्थापना गर्नेे छ भने नेपालका अन्य प्रमुख सहरहरुमा पनि स्मार्ट सेन्टर स्थापना गर्ने जानकारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment