Comments Add Comment

नेपालको हवाइ यात्राबारे गलत प्रचारः पोखरा पर्यटन परिषद

खण्डन गरिदिन सरकारलाई आग्रह

३ चैत, पोखरा । पोखरा पर्यटन परिषदले हालै भएको हवाई जहाज दुर्घटनालाई आधार बनाएर नेपालको हवाई यात्रा असुरक्षित छ भनेर प्रचार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परिषदले विज्ञप्ती प्रकाशित गरी यहि फागुन २८ गते भएको दुर्घटनाको छानविन गर्न गठित समितिले प्रतिवेदन नै तयार गरिनसकेको अवस्थामा सिएनएन, बिबिसीलगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सत्यतथ्य नै नबुझी गलत सूचनाको भरमा नेपालको हवाई यात्रा असुरक्षित छ भनेर गरेको कुप्रचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

परिषदका अध्यक्ष केदारनाथ शर्माले जारी गरेको विज्ञप्तीमा छानविन समितिको प्रतिवेदन नै नआई हचुवाको भरमा नेपालको हवाई यात्रा असुरक्षित छ भनेर प्रचार गर्दा नेपालको पर्यटनमा नकारात्मक असर पर्ने जनाइएको छ ।

परिषदले अनर्गल प्रचारले नेपालको पर्यटनमा असर परेकाले तत्काल त्यसको खण्डन गरेर नेपालको हवाई यात्रा सुरक्षित रहेको सन्देश विश्वभरी पुर्‍याउन नेपाल सरकारलाई आग्रह गरेको छ । साथै उसले घटनाका कारणहरु पत्ता लगाएर यथार्थ जानकारी गराउन पनि सरकारलाई अनुरोध गरेको छ । परिषदले त्रिभुवन विमानस्थलको विकल्प स्वरुप वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तिव्रता दिन पनि आग्रह गरेको छ ।

परिषदले विज्ञप्ती निकाल्नुअघि शुक्रबार दिउँसो पर्यटनसँग सम्बद्ध संघसंस्थासँग छलफल गरेको थियो । छलफलमा सहभागिहरुले सरकारले यथार्थ जानकारी नगराउँदा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आफूखुशी नेपालको हवाइ ट्राफिक जाम र असुरक्षित हवाइ यात्राका कारण दुर्घटना भएको भनेर कुप्रचार गर्दा पर्यटन व्यवसायमा नकारात्मक असर परेको भन्दै त्यसको खण्डनका लागि नेपाल सरकारलाई आग्रह गर्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment