Comments Add Comment

रियल मड्रिडले जिरोनालाई ६-३ ले हरायो, रोनाल्डोले गरे चार गोल

५ चैत, काठमाडौं । रोनाल्डोको चार गोल मद्दतमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जिरोनालाई ६-३ गोलले हराएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जिताउन रोनाल्डोले चार गोल गरे ।

१० औं मिनेटमा नै रोनाल्डोले गोलबाट रियलले अग्रता लिएको थियो । तर २९ औं मिनेटमा जिरोनाका स्तुएनीले गोल गरेर खेललाई १-१ को बराबरीमा ल्याए ।

४८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे भने ५८ औं मिनेटमा वाज्क्वेजले पनि एक गोल थपे । ६४ औं मिनेटमा फेरि रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरे । यो उनको खेल जीवनको ५० औं ह्याट्रिक हो ।

खेल ४-१ को स्थितिमा रहेका बेला ६८ औं मिनेटमा जिरोनाका स्तुएनीले व्यक्तिगत दोस्रो गोल गरेर खेललाई ४-२ को अवस्थामा ल्याए ।

रियलका लागि ८६ औं मिनेटमा बेलले एक गोल गरे । त्यसको तीन मिनेटपछि जिरोनाका लागि लोपेजले हेडमार्फत् गोल गरेपछि खेल ५-३ को अवस्थामा थियो ।

रोनाल्डोले खेलको इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत चौथो गोल गर्दै रियल मड्रिडलाई ६-३ को जित दिलाए ।

जितपछि रियल मड्रिड २९ खेलबाट ६० अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment