Comments Add Comment

प्रदेश ७ बाट ५५ हजार छात्रछात्रा एसईईमा सहभागी हुँदै

७ चैत्र, डोटी । बिहीबारबाट सुरु हुने विद्यालय शिक्षा परीक्षा -एसईई) मा प्रदेश ७ बाट ५५ हजार ३०३ जना विद्यार्थीहरु सहभागी हुने भएका छन ।

साधारण विद्यालयका ५० हजार २२१ र प्राबिधिक विद्यालयका ९९६ गरी ५१ हजार २०७ जना विद्यार्थी नियमिततर्फ एसईईमा सहभागी हुँदैछन् ।

यस्तै एक्ज्याम्टेडतर्फ चार हजार ८६ विद्यार्थी सहभागी हुने भएका छन । एक हजार ४९ विद्यालयमा अध्ययनरत विद्यार्थीले यस वर्षको एसईईमा सहभागिता जनाउने छन् ।

प्रदेश ७ का नौ जिल्लाहरुमध्ये सबैभन्दा बढी १६ हजार ९६२ विद्यार्थी कैलाली जिल्लाबाट सहभागी हुनेछन् । जिल्लाका ५३ केन्द्रमा सञ्चालन हुने परीक्षामा साधारण शिक्षाका १६ हजार ९२, प्राबिधिकका एक सय ७० र एक्ज्याम्टेडतर्फ सात सय विद्यार्थी सहभागि हुने क्षेत्रीय शिक्षा निर्देशनालय राजपुर डोटीका शाखा अधिकृत पूर्णबहादुर शाहले जानकारी दिए ।

यस्तै सबैभन्दा कम विद्यार्थी बाजुराबाट सहभागी हुने छन् । १५ केन्द्रमा परीक्षा हुने उक्त जिल्लामा नियमिततर्फ साधारण शिक्षा दुई हजार ९०७ र प्राबिधिक शिक्षा ४८ गरी दुई हजार ९५५ र एक्ज्याम्टेडतर्फ ३३८ गरी तीन हजार २९३ विद्यार्थी सहभागी हुनेछन् ।

बझाङ्गमा नियमिततर्फ साधारण शिक्षामा तीन हजार नौ सय ३३, प्राबिधिकतर्फ ९१ र एक्ज्याम्टेडतर्फ तीन सय १९ गरी जम्मा चार हजार तीन सय ४३ विद्यार्थी सहभागि हुँदैछन । यस जिल्लामा १९ परीक्षा केन्द्र रहेका छन ।

२४ केन्द्रमा परीक्षा सञ्चालन हुने अछाममा नियमिततर्फ साधारण शिक्षाका चार हजार तीन सय नौ, प्राबिधिक शिक्षाका एक सय २४ र एक्ज्याम्टेडतर्फ आठ सय २५ गरी पाँच हजार दुई सय ५८ विद्यार्थी सहभागी हुनेछन् ।

डोटीमा साधारण शिक्षाका दुई हजार पाँच सय ४२ र प्राबिधिक शिक्षाका ९४ गरी दुई हजार ६ सय ३६ र एक्ज्याम्टेडतर्फ एक सय ५७ विद्यार्थी परीक्षा दिनेछन् । यस जिल्लामा १२ परीक्षा केन्द्र छन् ।

१८ केन्द्रमा परीक्षा सञ्चालन हुने दार्चुलामा नियमिततर्फ साधारण शिक्षाका दुई हजार नौ सय ७६, प्राबिधिक शिक्षाका ६१ र एक्ज्याम्टेडतर्फ तीन हजार चार सय ५२ विद्यार्थी सहभागी हुनेछन् ।

बैतडीमा साधारण शिक्षाका पाँच हजार तीन सय एक र प्राबिधिक शिक्षाका एक सय ६३ गरी पाँच हजार चार सय ६४ विद्यार्थी नियमित तर्फ सहभागी हुनेछन् भने एक्ज्याम्टेडतर्फ पाँच सय पाँच विद्यार्थी सहभागि हुनेछन् । यहाँ १७ परीक्षा केन्द्र रहेका छन् ।

यस्तै १४ परीक्षा केन्द्र रहेको डडेल्धुरामा दुई हजार चार सय ७४ साधारण शिक्षाका, ६८ प्राबिधिक शिक्षाका र एक सय ८७ एक्ज्याम्टेड गरी दुई हजार सात सय २४ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

यस्तै कञ्चनपुर जिल्लामा नियमिततर्फ साधारण शिक्षाका नौ हजार ६ सय ८७, प्राबिधिकतर्फ एक सय ७७ र एक्ज्याम्टेडतर्फ ६ सय ४५ गरी १० हजार पाँच सय नौ विद्यार्थीहरु सहभागी हुनेछन् ।

शाखा अधिकृत शाहका अनुसार जिल्ला शिक्षा कार्यालयमा कर्मचारी अभावका कारण सामुदायिक र संस्थागत विद्यालयको छुट्टाछुट्टै तथ्याङ्क प्राप्त हुन सकेको छैन । ‘जिल्ला जिल्लाबाट फोनमा टिपाएको आधारमा यो तथ्याङ्क आएको छ’ शाहले भने ‘यसमा केही विद्यार्थीहरु अनुपस्थित पनि हुन सक्छन् ।’ उनले परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment