Comments Add Comment

जलेका निरज ९ दिनपछि अस्पताल भर्ना भए

७ चैत, सुर्खेत । फागुन २९ गते घरमा आगो लागेर जलेका चौकुने गाउँपालिका-९ घाटगाउँका ६ वर्षे निरज नेपाली अस्पताल भर्ना भएका छन् ।

चार वर्षे बहिनी अनुषासँगै सलाई खेलाउँदै गर्दा घरमा आगो सल्केपछि गम्भीर घाइते भएका निरजलाई ९ दिनपछि मध्यपश्चिम क्षेत्रीय अस्पतालमा भर्ना गरिएको हो । अनुषाको भने मृत्यु २९ गते नै मृत्यु भएको थियो ।

उपचार खर्च नभएपछि निरजलाई अस्पतालमा भर्ना नगरिएको उनको परिवारले जनाएको छ ।

गम्भीर घाइते निरजको आर्थिक अभावले उपचार हुन नसकेको थाहा पाएपछि कर्णाली प्रदेशकी सांसद पद्मा खड्काले गाडी पठाएर निरजलाई अस्पताल ल्याउने व्यवस्था मिलाएकी हुन् ।

‘आर्थिक अभावले उपचार हुन नसकेको थाहा पाएपछि मैले गाडी पठाएर निरजलाई यहाँ ल्याइएको हो,’ सांसद खड्काले भनिन्, ‘उनको क्षेत्रीय अस्पतालमा उपचारको व्यवस्था मिलाएका छौं ।’

साथै पारिवारिक अवस्था नाजुक भएको, एक छोरी र घरसहित सम्पत्ति पनि जलेर नष्ट भएकोले थप सहयोगको लागि पहल गरिरहेको सांसद खड्काले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment