Comments Add Comment

माछीले खाने खोलीको लेउले करोड भ्यूज नाघेपछि ओलीले साटे खुसी

गायक सरोज ओलीको लागि अहिले फलिफापै-फलिफाप छ । फलिफाप, खासगरी उनको. सांगीतिक जीवनमा । उनले गाएको गीतहरु एकपछि अर्को ‘हिट’को सूचिमा चढ्दैछ ।

उनले गाएको ‘जता-जता पिरतीको बाटो’ गीतले सार्वजनिक गरे लगत्तै हजारौं, लाखौं भ्युज नाघेको थियो । अहिलेसम्म उक्त गीत युट्युवमा ८७ लाखभन्दा बढी पटक हेरिएको छ ।

त्यसपछि हौसिएका उनले दोस्रो गीत निकाले, ‘माछीले खाने खोलीको लेउ’ । दिनेश थपलियाले लेखेको गीतको उनले म्युजिक भिडियो बनाए, कार्टुन्ज क्रुलाई साथ लिएर । म्युजिक भिडियोमा कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासागै नायिका पि्रयंका कार्कीले पनि जोडी मिलाइन् । अहिले यही गीतको भिडियो एक करोड भन्दा बढी पटक हेरिएको छ । जबकी यो म्युजिक भिडियो अपलोड भएको एक महिनामात्र पुग्दैछ ।

यही म्युजिक भिडियोले युट्युवमा एक करोड भ्युज नाघेको खुसी साट्न गायक ओलीले बुधबार विशेष जमघटको व्यवस्था गरे । उक्त जमघटमा गीत टिमले केक काटेर खुसी मनाए । ओली र आश्मा विश्वकार्मले केक काटिरहादा गीतकार थपलियाले भने गीत रचनाको क्षण सम्झिरहेका थिए ।

यो गीतमा गायक ओलीलाई मेलिना राइले साथ दिएकी छिन् । बसन्त सापकोटाले संगीत गरेका छन् । उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । कार्यक्रमकै मेसोमा गायक ओलीले अर्को गीत पनि ल्याउने बताए । उनका अनुसार ‘पानी कुवाको’ गीत उनले केहि सातामै सार्वजनिक गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment