Comments Add Comment

निक्षेपमा ब्याजदर बढाउन फेरि प्रतिस्पर्धा, बैंकले रोजे घुमाउरो बाटो


८  चैत, काठमाडौं । केहि दिन अघिमात्रै मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज दिएको भन्दै नेपाल बैंकर्स एसोसियसनले एनआईसी एसिया बैंकसँग कारोबार अन्तरबैंक कारोबार नै बन्द गर्‍यो । २७ बाणिज्य बैंकले एकसाथ दबाव दिएपछि एनआइसी एसिया आफ्नो निर्णयबाट ‘ब्याक’ हुन बाध्य भयो ।

तर, यो सँगै ब्याजमा बैकहरुबीच हुने प्रतिस्पर्धा भने रोकिने छाँट देखिएको छैन । अब बैंकहरुले ब्याजदर बढी दिएर निक्षेप आकषिर्त गर्न घुमाउरो बाटो प्रयोग गर्न सुरु गरेका छन् । नबिल बैंकले सुरु गरेको घुमाउरो स्वरुपको बाटोलाई एनआईसी एसियाले अंगालेको छ ।

बैंहरुले अगि्रम ब्याज भुक्तानी दिने भन्दै बैंकहरुबीच पुनः ब्याजमा प्रतिस्पर्धा सुरु भएको हो । ११ प्रतिशत अगि्रम ब्याज भुक्तानी स्किमको वास्तविक ब्याज १२.३६ प्रतिशत हुन आउँछ ।

कुनैपनि बैंकले ११ प्रतिशतभन्दा मुद्दती खातामा बढी ब्याज नदिने निर्णय एसोसियसनले गरेको थियो । तर, अहिले बैंकहरुले यस्तो मुद्दति निक्षेप खाताको ब्याज घुमाउरो पमा १२.३६ प्रतिशत पुर्‍याएका छन् ।

नबिल बैंकले सुरुमा यस्तो अगि्रम ब्याज भुक्तानी स्किम ल्याएको हो । जसको ब्याजदर ११ प्रतिशत तोकिएको छ । तर यसको वास्तबीक ब्याज भने १२.३६ हुन आउँछ ।

एनआइसी एसियाले यो खातामा खाताखोलेकै दिनमा ११ प्रतिशतको वाषिर्क ब्याजका दरले हुन आउने ब्याजको अग्रीम भुक्तानी बैंकको बचत खातामा भुक्तानी पाउने बताएको छ ।

यो स्किमा मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना र १२ महिनाको लागि खोल्न सकिने बताएको छ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले यो खाता खोल्न सक्नेछन् ।

यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोग गर्न सकिनेछ । साथै यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुको ५ लाख सम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment