Comments Add Comment

ताप्लेजुङ सदरमुकाममा आगलागी

९ चैत, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा रहेको एक होटलमा आगलागी भएको छ । होटल ईको भ्यू पोइन्टमा शुक्रबार बिहान ६ बजे आगलागी भएको हो ।

आगलागीबाट होटलको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको तर क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासीले फुङ्लिङ नगरपालिकाको दमकलको प्रयोग गरी करिब एक घण्टापछि आगो निभाएका थिए ।

आगलागीको कारण खुलेको छैन तर विद्युत सर्ट भएर आगो लागेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment