Comments Add Comment

फिलिपिन्समा करिब १० हजार कैदी रिहा

२० वैशाख, काठमाडौं । फिलिपिन्सले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि करिब १० हजार कैदी रिहा गरेको छ । फिलिपिन्सको सर्वोच्च अदालतका अधिकारीका अनुसार जेलमा कैदीबन्दीको चाप कम गर्न उनीहरुलाई रिहा गरिएको हो ।

फिलिपिन्सको सर्वोच्च अदालतका न्यायाधीश मारिओ भिक्टर लियोनेनले शनिबार नौ हजार सात सय ३१ कैदी रिहा भइसकेको बताएका छन् । सर्वोच्च अदालतले तल्लो अदालतलाई दिएको आदेशअनुसार कैदीहरु रिहा गरिएको हो ।

सर्वोच्च अदालतले जमानत तिर्न नसकेर जेलमा बसेका सबैलाई रिहा गर्न आदेश दिएको थियो । यसका साथै ६ महिनाभन्दा कम समयको जेल सजाय सुनाइएका र छनोटमा परेका वृद्ध र केही अन्य केही कैदीहरुलाई रिहा गरिएको छ । उनीहरुलाई मार्च १७ देखि अप्रिल २९ को बीचमा रिहा गरिएको हो ।

कोरोना भाइरस नियन्त्रणको लागि भौतिक दुरी कायम राख्नु जरुरी भए पनि फिलिपिन्सको जेलमा त्यो सम्भव नरहेको बताइएको छ । फिलिपिन्सका कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदी रहेका छन् । फिलिपिन्सको अत्यधिक भीड भएको केही जेलमा कोरोना भाइरसको संक्रमण पाइएको थियो ।

यसबाट कैदी र कर्मचारी दुवै प्रभावित बनेका छन् । सरकारी तथ्यांक अनुसार फिलिपिन्सका चार सय ५० भन्दा बढी जेलमा एक लाख ३६ हजारभन्दा बढी कैदीबन्दी छन् ।

अहिलेसम्म फिलिपिन्समा कोरोना भाइरसका आठ हजार नौ सय २८ संक्रमित फेला परेका छन् भने ६ सय तीन जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

स्रोत : अलजाजीरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment