Comments Add Comment

मदन भण्डारी गोल्डकपमा आयोजकको विजयी शुरुअात

९ चैैत, बुटवल । तेस्रो भण्डारी अन्तराष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्ट्स् एकेडेमी काठमाडौंले विजयी शुरुवात गरेको छ ।

रामनगरस्थित मानवज्ञान माविको मैदानमा भएको उद्घाटन खेलमासुदूर पश्चिम ११ लाई ५-१ गोल अन्तरले हराउँदै आयोजक क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मध्यान्तर अघि एक-एक गोलको बराबरी भएकोमा दोस्रो हाफमा आयोजक टिमले एकतर्फी चार गोल गरेको थियो ।

खेलमा मदन भण्डारी स्पोर्ट्स् एकेडेमीले १८ औं मिनेटमा प्रकाश बुढाथोकीको गोलबाट अग्रता लिएको थियो तर, ४४ औं मिनेटमा पूर्ण अन्जन बैंजूले बराबरी गोल फर्काए ।

प्रकाश बुढाथोकीले ६४ औं मिनेट गोल गरे र अबाले ७१ औं, विश्व अधिकारीले ७७ औं मिनेटमा र दिपेश आलेले ८९ औं मिनेटमा गोल गरे ।

आइतबार झापा ११ र एपीएफ क्लब भिड्नेछन् । प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । एक करोड बढी खर्चमा संचालन भएको प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने टिमले १/१ लाख पाउनेछन् भने उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने मदन भण्डारी स्पोट्र्स एकेडेमीका प्रदेश ५ अध्यक्ष नरबहादुर घर्तीले जानकारी दिए ।

प्रतियोगितामा नेपाल आर्मी, थ्रीस्टार, मलेसियाको हिमालयन फुटवल क्लब, झापा ११, एपीएफ क्लव, सुनौलो संगम, मनाङ मर्स्याङदी र नेपाल प्रहरी सहभागी हुनेछन् । प्रतियोगिताको फाइनल चैत १९ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment