Comments Add Comment

जर्मनी र स्पेनले बराबरी खेले


१० चैत, काठमाडौं । मैत्रिपूर्ण फुटबलमा पछिल्ला दुई विश्व च्याम्पियन जर्मनी र स्पेनले बराबरी खेलेका छन् ।

२०१० को विश्व च्याम्पियन स्पेनले खेलको छैटौं मिनेटमा नै अग्रता लिएको थियो । उसका लागि आन्द्रे इनिस्टाको पासमा रोड्रिगोले गोल गरेका थिए ।

तर २०१४ को विश्व च्याम्पियन जर्मनीले ३५ औं मिनेटमा बराबरी गोल फर्कायो । उसका थोमस मुलरले गोल गरे ।

दुवै टिमले युरो २०१६ पछि कुनै पनि खेल हारेका छैनन् । जर्मनी २३ खेलको अपराजित रेकर्डबाट खेल खेल टाढा छ भने स्पेनले पनि पछिल्ला १७ खेल हारेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment