Comments Add Comment

अदालतको आदेशपछि एन्फाले गर्‍यो साधारणसभा स्थगित

११ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको चैत १४ गतेका लागि तोकिएको साधारण सभा स्थगित भएको छ ।

उच्च अदालत पाटनको आदेश अनुसार साधारणसभा स्थगित गरिएको एन्फाका महासचिव धिरेन्द्र प्रधानले आइतबार विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

एन्फामा आवद्ध ४५ जिल्ला फुटवल संघमध्ये भक्तपुर र मकवानपुरले आफूहरुलाई सहभागी नगराई साधारणसभा गर्न लागिएको भन्दै निवेदन दिएपछि उच्च अदालत पाटनले उनीहरु सहभागी हुने अवस्था नबनेसम्म साधारणसभा नगर्न अन्तरिम आदेश दिएको थियो ।

महासचिव प्रधानले निर्वाचन समितिले समेत अदालतको आदेशको सम्मान गर्दै निर्वाचन स्थगित गरेको सूचना टाँस गरेकाले साधारणसभा स्थगित गरिएको बताए ।

यता विश्व फुटबल महासंघ फिफा र एशियाली फुटबल महासंघ एएफसीले भने एन्फालाई साधारणसभा स्थगित नगर्न दबाब दिएका थिए ।

प्रधानले यसबारेमा भनेका छन् ‘फिफा र एएफसीको विधान, नीति निर्देशन र नियम अनुसार चल्नुपर्ने भएको हुँदाहुदै पनि देशको कानुनलाई पनि आत्मसात गरी नियम कानुनको अधिनमा रही अघि बढिरहेको जानकारी गराउन चाहन्छु ।’

एन्फाले अदालतबाट उक्त मुद्दाको चाँडै टुंगो लगाएर फिफा र एएफसीको निर्देशनअनुसार साधारणसभाको मिति तोक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment