Comments Add Comment

लगानीका लागि १४ खर्ब आवश्यकः अर्थमन्त्री खतिवडा


११ चैत, विराटनगर । अर्थमन्त्री डा युवराज खतिवडाले सरकार निजी क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा आयोजित भेटघाट एवं छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले वर्तमान अवस्थामा मुलुकमा आवश्यक लगानीका लागि १४ खर्ब आवश्यक भएको बताए । ठूला आयोजना निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गर्दै उनले यसको निर्माणमा देखिने विभिन्न समस्या समाधान गर्न सरकारले फाष्ट ट्रयाकबाट कार्य गर्ने बताए ।

सार्वजनिक निजी मोडलमा औद्योगिक विकास क्षेत्र निर्माण गर्न उद्योमीलाई आग्रह गर्दै उनले यसमा सरकार सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

बैंकको व्याजदर परिवर्तनले उद्यमीलाई मर्का परेको बताउँदै उद्योगमा बैंकले लगानी गर्दा एउटा निश्चित समय तोकी व्याजदर निर्धारण गर्नुपर्नेमा जोड दिए ।

अर्थमन्त्री खतिवडाले स्वदेशी गुणस्तर उत्पादन हुने वस्तु विदेशवाट आयात नगर्न व्यापारीलाई आग्रह गर्दै यसबाट यहाँ संचालित उद्योगका काम गर्ने नेपालीको रोजगारी खोसिने बताए ।

असमान कार्य गर्नेबाट असमान कर नै असुल हुने र असल करदाता राज्यको सम्मानित नागरिक भएकाले उनीहरुको सम्मान हुने बताए ।

उनले भन्सारका कर्मचारीले मुस्कानसहितको काम गर्ने भएकाले सोहीअनुसार व्यापारीले इमान्दारीका साथ कर वुझाउन पर्नेमा जोड दिँदै कुनै अन्य दस्तुर नबुझाउन समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment