Comments Add Comment

८० वर्षपछि बेलायती रेफ्रिबिना विश्वकप

१६ चैत, काठमाडौं । आउँदो विश्वकपमा ६० वर्षपछि इटाली छनोट हुन नसकेर फुटबलप्रेमी चकित परिरहेका बेला अर्को चकित पार्ने निर्णय बाहिरिएको छ । आउँदो जुनमा रुसमा हुने विश्वकप फुटबलमा गएको ८० वर्षमा पहिलोपटक बेलायती रेफ्री  हुने छैनन् ।

सन् १९३८ देखि हरेक विश्वकप फुटबलमा बेलायती रेफ्री थिए । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुस विश्वकपका लागि ३६ जना रेफ्रीको नाम सार्वजनिक गरेको हो । जसमा बेलायतसँगै फुटबल लोकपि्रय खेल रहेको स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डका रेफ्री परेका छैनन् ।

फिफाले प्रतियोगिताका लागि ४६ देशका गरेर ३६ रेफ्री र ६३ सहायक रेफ्रीको नाम सार्वजनिक गरेको हो । गएको दुई विश्वकप सन् २०१० र २०१४ मा बेलायतबाट एकमात्र रेफ्री हावार्ड वेभ रहेका थिए । उनैले २०१० को विश्वकप फाइनलमा स्पेन र नेदरल्याण्ड्सबीचको खेल खेलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment