Comments Add Comment

प्रत्येक खेलाडीलाई १६ वटा कन्डम किन बाँडिदैछ अष्ट्रेलियामा ?

आगामी ४ देखि १५ अगष्टसम्म अष्ट्रेलियाको गोल्ड कोस्टमा नयाँ इतिहास लेखिने प्रतिक्षा भइरहेको छ । यो दशकमा अष्ट्रेलियाको सबैभन्दा ठूलो खेलकुद आयोजनाका लागि स्टेज सजाइसकिएको छ ।

गोल्ड कोस्ट २०१८ कमनवेल्थ गेम्समा ७१ राष्ट्रमण्डल देशहरुका ६ हजार ६ सय भन्दा बढि खेलाडी र अधिकारीहरुले भाग लिँदैछन् ।
यसको तयारी अहिले जोडतोडले भइरहेको छ ।

गोल्ड कोस्टको खेलग्राम त्यति ठूलो भने छैन । यहाँ खेलाडीहरु तथा अफिसियलहरुका लागि एक, दुई र तीन बेडरुमका १२ सय ५७ अपार्टमेन्टहरु बनाइएका छन् । जहाँ ६ हजार ५ सयभन्दा बढि मानिसहरु रहन सक्ने व्यवस्था छ ।

सिंगै गाउँ २९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । खेलाडीहरुको सुविधाका लागि यहाँ २४ घन्टा सञ्चालन हुने अस्पताल छ । यसका अलावा यहाँ अत्याधुनिक जिमनेजियम पनि छ, जहाँ खेलाडीहरुको सहायताका लागि कैयौं फिजियोथेरापिस्टहरु खेलाडीहरुको सहायताका लागि हमेशा उपस्थित रहन्छन् ।

साथै संसारभरीबाट आउने खेलाडीहरुका लागि करिब एक लाख कन्डम तयार पारिएको छ । यसको अर्थ हरेक खेलाडीले औसत १६ कन्डम पाउनेछन् । यी कन्डम उनीहरुले यहीँ खपत गर्छन् कि घर पनि लैज्ाान्छन्, यै भन्न सकिन्न ।

खेलग्रामबाट नजिकै हेयर सैलुकन तथा ब्यूटी पार्लर बनाइएको छ । त्योसँगै सटेको एउटा जून बार छ, जहाँ एथलेटहरुको भिड लागेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment