Comments Add Comment

डीपीएल : पहिलो खेल वर्षाले रद्द, महेन्द्रनगर प्लेअफमा


२५ चैत, धनगढी । धनगढी प्रिमियर लिग  (डीपीएल) क्रिकेटमा आइतबार विहान हुने भनिएको खेल स्थगित भएपछि काठमाडौं गोल्डेन्ससँग अंक बाँड्दै महेन्द्रनगर युनाइटेड प्लेअफमा पुगेको छ ।

शनिबार रातिदेखि परेको बर्षाका कारण मैदान ओसिलो भएकाले आइतबारको पहिलो खेल स्थगित भएको हो । जसका कारण दुबै टिमले एक एक अंक बाँडेका हुन् ।

महेन्द्रनगर चार खेलमा पाँच अंकका साथ प्लेअफमा पुगेको हो । यसअघि शनिबार वर्षाले प्रभावित खेलमा रुपन्देहीलाई पराजित गर्दै काठमाडौं गोल्डेन्स पनि प्लेअफमा पुगिसकेको छ ।

काठमाडौं गोल्डेन्स प्रतियोगितामा अपराजित एक्लो टिम हो । लगातार चार खेलमा जित निकाल्दै गोल्डेन्स् एक खेल अगाडि नै प्लेअफमा पुगेको हो । महेन्द्रनगरले भने शनिबार पनि बर्षाका कारण खेल हुन नसकेपछि सीवाइसी अत्तरियासँग अंक बाँडेको थियो ।

आइतबार हुने दोस्रो खेलमा विराटनगर किंग्स र सिवाइसी अत्तरिया भिड्दै छन् । यो खेलमा विजयी हुने टिम प्लेअफमा पुग्नेछ । यो खेलसँगै धनगढी पि्रमियर लिगको लिग चरणका प्रतियोगिताहरु सकिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment