+
+

रक्तदानसित जोडिएका भ्रम र यथार्थ

चक्कर लाग्नेदेखि हेमोग्लोविन कम हुनेसम्म

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २५ गते १५:१६

रक्तदान अर्थात् जीवनदान । रक्तदानले अरूको जीवन बचाउने मात्र हैन, आवश्यक परेको खण्डमा आफ्नै जीवन बचाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तसर्थ स्वस्थ व्यक्तिले रक्तदान गर्नु समाजको हितमा छ । हिजोआज थुप्रै संस्थाहरूले समय समयमा रक्तदान कार्यक्रम आयोजना गर्छन् ।

रक्तदान गर्दा कसैकसैलाई उल्टी आउने तथा चक्कर लाग्ने गर्दछ । रक्तदानमा उल्टी आउनु तथा चक्कर आउनु सामान्य हो । यस्तो देखेपछि कतिपय मानिसले नबुझेर रगत दान गरेपछि शरीर कमजोर हुने तथा शरीरमा रगतको कमी हुन्छ भन्ने सोच्छन् जुन विल्कुल गलत हो । हरेक व्यक्तिको शरीरमा रगत दान गरेको २१ दिनपछि स्वाभाविक रूपमै नयाँ रगतको निर्माण हुने गर्छ । कतिपय मानिस यसबारे जानकारी नहुँदा रक्तदान गर्न डराउने गर्छन् ।

निम्न अनुसारका उपाय अपनाए रक्तदान गरेपछि पनि व्यक्ति स्वस्थ रहन सक्छन्ः

-रक्तदान गरे लगत्तै तीन घण्टाको अन्तरालमा फलफूलका साथमा पर्याप्त मात्रामा पौष्टिक आहारका साथै हेभी डाइट सेवन गर्नु पर्दछ ।

– प्रायः रक्तदान गरेपछि रक्तदातालाई फलफूल तथा जुसका साथमा हल्का स्न्याक्स दिइन्छ । यसले शरीरमा रगतको कमी हुन दिँदैन ।

-रक्तदान गर्नु कम्तीमा एक दिन अघिबाटै धूमपान गर्नु हुँदैन । साथै, रक्तदान गरेपछि पनि कम्तीमा तीन घण्टासम्म धूमपान गर्नुहुँदैन ।

-मदिरापान गरेको ४८ घण्टासम्म रक्तदान गर्नु हुँदैन ।

-रक्तदान गरेलगत्तै झोलिलो पदार्थको साथमा स्वस्थकर खानपान लिएको खण्डमा कमजोरी महसुस हुँदैन ।

-रक्तदान गरेको १२ घण्टासम्म हेभी एक्सरसाइज नगर्ने तथा रगत दिँदा धेरै हलचल नगरेर पनि सामान्य दिनचर्या व्यतीत गर्न सकिन्छ ।

-रगत दान गर्नुको अर्थ शरीरमा रगतको कमी हुने हैन । कुनै पनि व्यक्तिको शरीरमा रगत दान गरेको २१ दिनमै नयाँ रगत निर्माण हुने गर्छ ।

-रक्तदानले न त चक्कर लाग्छ, न त व्यक्ति बेहोस नै हुन्छ । तर कतिपयलाई यसबारे जानकारी नहुँदा मानिसहरू गलत धारणाको सिकार हुने गर्छन् ।

-रक्तदान गर्दा कुनै पनि व्यक्तिको शरीरबाट एक पटकमा ३ सय ५०-४ सय ५० एमएलभन्दा बढी रगत निकाल्न मिल्दैन । त्यसरी, रगत निकाल्दा वा दान गर्दा हेमोग्लोविनमा कुनै कमी आउँदैन ।

-कुनै पनि स्वस्थ व्यक्तिले इच्छा लागेमा सजिलै रक्तदान गर्नसक्छ । पुरुषले प्रत्येक तीन महिनामा एक पटक तथा महिलाले हरेक चार महिनामा एकपटक रक्तदान गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?