+
+

प्रधानमन्त्रीले भने – देशभित्रको अतिवादी तत्व प्रमुख सुरक्षा चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २९ गते १४:४१


२९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधिमा सक्रिय देशभित्रका अतिवादी तत्वहरु सुरक्षा चुनौती बनेको बताएका छन् ।

नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा बिहीबार आयोजित कार्यक्रममा उनले अतिवादी तत्वका साथै जातीय क्षेत्रीय विद्वेषमा आधारित द्वन्द्व सुरक्षा चुनौती बनेको बताए ।

‘देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशील अतिवादी तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौतीहरु साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेका वास्तविक खतरा हुन्’ प्रधानमन्त्री ओलीले भने ‘यस प्रकारका खतराविरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनु पर्दछ ।’

मुलुक अहिले स्थिर र शान्तिपूर्ण अवस्थामा रहे पनि भविश्यमा उत्पन्न हुने खतरातर्फ सतर्क रहनुपर्ने प्रधानमन्त्री ओलीले बताए । ‘हामी अहिले तुलनात्मक रुपमा स्थिर र शान्तिपूर्ण अवस्थामा छौं’ उनले भने ‘तर हामी सधैं भविष्यमाउत्पन्नहुन सक्ने खतराकाबारेमा सतर्क रहनु जरुरी छ ।’

प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताएका छन् ।

‘यो प्रत्यक्ष हमला भन्दा पनि कारगार हुन्छ’ उनले भने ‘राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजनासहित सुरक्षा निकायबीच असरदार समन्वय बनाउनु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?