Comments Add Comment

मनोज गजुरेलको फिल्ममा डेब्यू, ‘सय कडा दश’को छायांकन सुरु


हाँस्य ब्यङ्ग्यका माध्यमबाट दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएका कलाकार मनोज गजुरेल अब चलचित्रको पर्दामा पनि देखिने भएका छन् । उनको मुख्य भूमिका रहेको चलचित्र ‘सय कडा दश’को छायांकन सुरु भएको छ ।

बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरमा चलचित्रको पहिलो दिनको छायांकन गरिएको छ । चलचित्रका अर्का कलाकार राजाराम पौडेलले माला लगाइदिएर गजुरेललाई चलचित्र क्षेत्रमा स्वागत गरेका थिए । गजुरेलले भने-‘म यो क्षेत्रमा आउनका लागि राम्रो कथाको पर्खाइमा थिए । म कमेडी विधाकै भएपनि मेरो विचारमा चलचित्रले सामाजिक उत्तरदायित्व पनि निर्वाहा गर्न सक्नुपर्छ । सयकडा दश यी दुईको उपयुक्त मिश्रण भएकाले काम गरेको हुँ ।’

निर्देशक रामशरण पाठकले यो चलत्रिचको निर्देशन गर्दैछन् । उनले सदाचारको वकालत चलचित्रले गर्ने बताए । चलचित्रमा अमृत ढुंगाना, करुणा श्रेष्ठले रोमान्स गर्दैछन् । साथमा, रवि डंगोल, रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला लगायतको अभिनय चलचित्रमा रहनेछ ।

रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको संगीत यो चलचित्रमा रहनेछ । चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गर्न लागेका हुन् । चलचित्रको छायांकन एक महिना लगाएर काठमाण्डौ र पोखरामा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment