Comments Add Comment

लिभरपुल गोल गर्न कहिले रोकिएला ?

३ बैशाख, काठमाडौं । मोहम्मद सलाहका लागि यो सिजन अहिलेसम्मकै भव्य रहृयो । सलाहले गोल नगरेको खेल सायदै छ । इजिप्टियन सलाह एक्लैले लिभरपुलको जिम्मेवारी बोके जस्तो भान हुन्छ ।

सलाहले शनिबार पि्रमियर लिगमा कीर्तिमान बनाए । उनले लिगमा ३० औं गोल गरे । बोर्नमाउथसँगको खेलमा ३-० को जित निकाल्ने क्रममा सलाहले गरेको गोल लिगमा सिजनको ३० औं गोल थियो ।

उनी एकै प्रिमियर लिगको एकै सिजनमा ३० गोल गर्ने ८ औं तथा पहिलो अपि|mकी खेलाडी हुन् । यसअघि सन् २००९-१० को सिजनमा डिडिएर ड्रोग्बाले २९ गोल गरेर प्रिमियर लिगमा धेरै गोल गर्ने अपि|mकी खेलाडीको कीर्तिमान बनाएका थिए ।

योभन्दा महत्वपूर्ण सलाहले यो सिजन क्लबका लागि अहिलेसम्म सबै प्रतियोगितामा गरेर ४० गोल गरिसकेका छन् । लिभरपुलको इतिहासमा यसअघि मात्रै दुई खेलाडीले यो आँकडा छोएका छन् । सन् १९६१-६२ मा रोजर हन्ट । सन् १९८६-८७ मा इयान रस । यो सिजन सलाह तेस्रो ।

यो सिजन अहिलेसम्म ४५ खेलमा ४० गोल गरेका सलाहले कुल ३ हजार ५ सय ७७ मिनेट मैदानमा बिताएका छन् र हरेक ८९ मिनेटमा गोल गरेका छन् । ४० गोल गरेका उनले ११ गोलका लागि सहयोग गरेका छन् ।

२५ वर्षे सलाहको गोल वा गोलका लागि सहयोगकै कारण लिभरपुलले यो सिजन १५ अंक थप गरेको छ । अर्थात उनकै प्रयासमा मात्रै जितेका वा बराबरी गरेका खेलबाट जोडिएको अंक १५ हो । उनी एक सिजन धेरै गोल गरेर रसले सन् १९८३-८४ मा बनाएको कीर्तिमान तोड्ने लयमा छन् । रसले त्यसबेला ४७ गोल गरेका थिए ।

रसलाई यो कीर्तिमान बनाउन ६५ खेल खेल्नु परेको थियो तर, सलाहले २० खेल कम खेलेरै ४० गोलको आँकडा बनाएका छन् । उनले पछिल्ला पाँच खेलमा ८ गोल गरेका छन् । तर यतिमात्रै साहलका बारेमा पूरा कुरा होइन …।

क्लोपको प्रशिक्षणमा ३०० गोल

लिभरपुलका आक्रामक तीन खेलाडी सलाह, रोबर्टो फर्मिनो र साडिओ मानेले यो सिजन मात्रै कुल ८२ गोल गरेका छन् ।

क्लबले अहिलेसम्म यो सिजनमा सबै प्रतियोगितामा गरेर १२१ गोल गरेको छ । प्रशिक्षक जर्गेन क्लोप यसलाई खेल पागलपनको संज्ञा दिन्छन् । जर्मन प्रशिक्षक क्लोपले भने, ‘वाउ, कस्तो आँकडा । निकै उत्कृष्ट तर हामीले यो क्रम जारी राख्नु पर्छ ।’

सन् २०१५ को अक्टोबरमा क्लोप आएदेखि लिभरपुलले मात्र १४८ खेलमा ३०० गोल गरेको छ ।

लिभरपुलका पछिल्ला पाँच प्रशिक्षकमध्ये क्लोप सबैभन्दा अगाडि देखिने सम्भावना छ । राफायल बेनिटेजले आˆनो प्रशिक्षण कालमा जितको प्रतिशत ५५ कायम गरेका थिए । अहिले आएर क्लोपले ५३ प्रतिशत खेलमा जित निकालेका छन् ।

यो अभियानमा सालह अघि छन् तर, उनी मात्रै एक्ला खेलाडी भने होइनन्, जसले कीर्तिमान तोडे र नयाँ बनाए ।

माने सेनेगलका एक मात्र त्यस्ता खेलाडी हुन् जसले पि्रमियर लिगमा धेरै गोल गरेका छन् । यसअघि सेनेगलका डेम्बाबाको नाममा यो कीर्तिमान थियो, जसले ४३ गोल गरेका थिए । मानेले यो सिजन लिभरपुलका लागि १७ गोल गरिसकेका छन् । यस्तै फर्मिनोले २५ गोल गरेका छन् । सलाह, फर्मिनो र माने बाहेक अरु खेलाडीले ३६ गोल गरेका छन् । यो सलाहले गरेको भन्दा चार गोल कम हो ।

मानेले प्रिमियर लिगका ४ सिजनमा १० भन्दा धेरै गोल गरेका छन् । सर्जियो अग्युरोले सात सिजन तथा एरिक क्यान्टोनाले पाँच सिजन लिगमा १० भन्दा धेरै गोल गरेका छन् ।

फर्मिनोको कुरा, उनले आˆनै उत्कृष्ट आँकडा पार गरेका छन् । उनको यो लगातार तेस्रो सिजन हो जहाँ उनले लिगमा १० भन्दा धेरै गोल गरेका छन् ।

मिडफिल्डर एलेक्स अक्लेड जेम्बरलेन पनि कम छैनन् । उनले यो सिजन तीन गोल गरेका छन् । ६ गोलका लागि सहयोग गरेका छन् । यो गोलको सहभागितामा उनको आफ्नै आँकडामा बराबरी हो ।

गोल चाहियो ? जिराउडलाई बोलाऊ

जिराउड यो सिजन सुपर-सबको रुपमा परिचित भएका छन् । ‘म्याच अफ द डे’ का फुटबल पण्डित इएन राइटले भनेका छन्, ‘बेन्चबाट आएर खेलमा कसरी प्रभाव पार्न सकिन्छ भन्ने जिराउडले जानेका छन् ।’

शनिबार राति चेल्सी साउथ हृयाम्पटनसँग २-० ले पछि परेको थियो । ६१ औं मिनेटमा जिराउड मैदान छिरे । उनलाई खेलमा प्रभाव देखाउन मात्रै ९ मिनेट लाग्यो । उनले चेल्सीका लागि पहिलो पि्रमियर लिग गोल गरे । त्यसको ८ मिनेटपछि उनले व्यक्तिगत दोस्रो गोल गरे र चेल्सी ३-२ ले विजयी भयो ।

जिराउडले बेन्चबाट आएर पि्रमियर लिगमा अहिलेसम्म १९ गोल गरेका छन् । उनीभन्दा अघि बोर्नमाउथका जर्मेइन डेफोइ मात्रै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment