Comments Add Comment

कोलेस्ट्रोलका यस्ता छन् लक्षण,  कसरी कम गर्ने ?

कोलेस्ट्रोल भन्नासाथ धेरैको मुटु काम्न थाल्छ ।  मुटु काम्नु भनेकै मुटु सम्बन्धी समस्या हुनु हो । शरीरमा कोलेस्ट्रोलको मात्रा धेरै भएमा मुटु सम्बन्धी समस्या हुने गर्छ ।

कोलेस्ट्रोल  एक प्रकारको चिल्लो पदार्थ हो जुन रगतमा पाइन्छ । यो शरीरका लागि महत्वपूर्ण मानिन्छ त्यसैले रगतमा कोलेस्ट्रोल हुनु सामान्य कुरा हो । तर यसको अप्राकृतिक मात्रा हुनु भने समस्या हुनसक्छ । यो वंशाणुगत कारणले हुने एक सामान्य समस्या हो ।

शरीरमा ८० प्रतिशत कोलेस्ट्रोलको निर्माण कलेजोले गर्छ भने २० प्रतिशत कोलेस्ट्रोल भोजनबाट प्राप्त हुन्छ ।

शरीरमा अतिरिक्त कोलेस्ट्रोल जम्मा भएमा वा रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा यसले रक्तधमनीमा अवरोध पैदा गरी मुटु सम्बन्धी गम्भीर समस्या निम्त्याउने गर्छ । यसबाट हृदयाघातको सम्भावना समेत बढ्ने गर्छ । तसर्थ यसको नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गर्नु पर्छ ।

कोलेस्ट्रोल नियन्त्रण गर्ने उपाय

-कोलेस्ट्रोललाई नियन्त्रण गर्नका लागि दैनिक ४० देखि ६० मिनेटसम्म व्यायाम गर्ने । धूमपान तथा मद्यपान त्याग्नुका साथै बोसोरहित खानेकुराको सेवन गर्ने ।

-रगतमा कोलेस्ट्रोलको मात्रा कम गर्न ओमेगा-३ फ्याटी एसिडको सेवन गर्ने जुन माछाबाट पाउन सकिन्छ । यसले खराब कोलेस्ट्रोल कम गर्नुका साथै राम्रो कोलेस्ट्रोलको मात्रा बढाउने गर्छ । माछा सेवन नगर्नेको हकमा कोलेस्ट्रोल नियन्त्रण राख्न पालुङ्गो राम्रो विकल्प हुनसक्छ ।

-शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रित राख्न बोसोरहति तथा तारेको, भुटेको तथा चिल्लो खानेकुरालाई सकेसम्म कम गर्नुपर्छ ।

-फाइबरयुक्त खानेकुराका साथमा हरिया सागसब्जी, फलफुल तथा तरकारीको सेवन अधिक मात्रामा गर्नुपर्छ । त्यसबाहेक, भिटामिन सी, जिंक, सेलेनियमलगायतका एन्टीअक्सिडेन्टयुक्त पदार्थको सेवन गर्नुपर्छ ।

कोलेस्ट्रोल बढ्नुका लक्षण

हिड्दा सास फुल्नु, उच्च रक्तचाप, मुधमेह, पैताला दुख्नु भनेकै रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नुको लक्षण हो ।

उच्च कोलेस्ट्रोल कम गर्ने उपाय

-यसलाई कम गर्नका लागि प्राणायाम, व्यायाम तथा शारीरिक श्रम जरुरी पर्छ ।

-कालो चियाले पनि कोलेस्ट्रोल घटाउन मद्दत गर्ने हुँदा यसले नियमित सेवन शरीरका लागि लाभदायक मानिन्छ ।

-नियमित एक गिलास रेड वाइनको सेवनले पनि कोलेस्ट्रोलको मात्रा कम गर्न सकिन्छ ।

-डार्क चकलेट, स्ट्रबेरी, कालो अंगुर, कागती, सुन्तला, व्लुबेरिज, एभोकाडो, स्याउ, किवी, अनार जस्ता फलफूलको सेवनले शरीरको वोसो नियन्त्रणमा राख्छ । यसको सेवनले कोलेस्ट्रोलको मात्रा समेत कम हुने गर्छ ।

-रेशेदार खानेकुराका साथमा भिटामिन तथा मिनरलयुक्त खानेकुराको सेवनले पनि उच्च कोलेस्ट्रोल नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ ।

-मोटोपनालाई नियन्त्रण गरेर तथा शरीरको अतिरिक्त तौल कम गरेर पनि कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ ।

-तनावले पनि मुटु सम्बन्धि समस्या बढाउने गर्छ । तनाव कम गरेर पनि मुटु सम्बन्धी समस्याबाट  बचाउन सकिन्छ ।

कोलेस्ट्रोल बढेमा के गर्ने ?

-खाना खाएको करिब एक घण्टा पश्चात् मनतातो सादा पानी पिउने ।

-खाना खाएपछि करिब पाँच मिनेटसम्म आरामले बस्ने । त्यसपछि केही समय हल्का टहलिने ।

-खानाको बीचमा पानी नपिउने । खाना खाँदा आरामले बस्ने ।

-टुसा उम्रेका खानेकुरा खाने ।

-लसुन, प्याज, सोयाबीन आदि खानेकुरा पर्याप्त मात्रामा खाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment