Comments Add Comment

चितवनमा सातौं नेपाल फर्मा तथा हेल्थ एक्स्पो सुरु

१७ फागुन, चितवन । चितवनमा आज (शुक्रबार)देखि सातौं नेपाल फर्मा तथा हेल्थ एक्स्पो-२०१९ सुरु भएको छ । भरतपुरको निर्माणाधीन चितवन प्रदर्शनी केन्ऽमा सुरु हुने भएको एक्स्पो थप दुई दिनसम्म चल्ने छ ।

नेपालमा उत्पादित औषधिको उत्पादन प्रविधि, नेपालमा उत्पादित औषधिलाई अन्तर्राष्ट्रियकरण गर्ने उपाय तथा विदेशी प्रविधिको विकास जस्ता विषयमा प्रर्दशनी गरिने आयोजक नेपाल औषधि उत्पादक संघले जनाएको छ ।

छैटौं संस्करणसम्म काठमाडौंमा भएको प्रर्दशनीको सातौं संस्करण पहिलोपटक राजधानी बाहिर चितवनमा आयोजना गरिएको हो ।

एक्स्पोमा २ सयवटा स्टल रहेका छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका ३० वटा बहुराष्ट्रिय कम्पनी, १२० वटा भारतीय कम्पनी, नेपाली १० वटा अस्पताल तथा अन्य नेपाली कम्पनीहरुको सहभागिता रहने छ ।

मेडिकल हवको रुपमा विकास हुँदै गइरहेको चितवनलाई औषधि उद्योगको हवका रुपमा विकास गर्ने योजनासहित एक्स्पो आयोजना गरिएको नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष तथा एक्स्पो आयोजक मूल समारोह समितका संयोजक नारायणबहादुर क्षेत्रीले बताए ।

चितवनमा निर्माण गर्ने भनिएको शक्तिखोर औद्योगिक क्षेत्रमा ३० वटा औषधि उद्योग सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

नेपालमा औषधिको ४५ अर्बको बजार छ । त्यसमा २० अर्ब नेपाली र २५ अर्ब विदेशी कम्पनीको बजार रहेको संघका अध्यक्ष दीपक दाहालले बताए । उनले नेपालका औषधि कम्पनीहरुले पनि अन्तर्राष्ट्रिय गुणस्तरको प्रविधि र पदार्थहरुको प्रयोग गरिरहेको दावी गरे ।

नेपालमा ५३ औषधि उद्योग छन् भने दर्जन बढी उद्योग निर्माणको चरणमा छन् । आयुर्वेद उद्योग पनि सानाठूला गरी करिब ५० उद्योग छन् ।

मरणोपरान्त अंगदान गर्ने कार्यक्रम

एक्स्पोमा एक हजार जनाले अंगदान गर्ने कार्यक्रम राखिएको आयोजक संस्थाले जनाएको छ । अंगदानका लागि संघले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरसँग सहकार्य गरेको छ ।

संघका अध्यक्ष दीपक दाहालले अंगदान कार्यक्रमको उद्घाटन उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गर्ने तय भएको जानकारी दिए ।

मस्तिष्क मृत्यु भएका व्यक्तिहरुको अंग दान गरेर धेरै व्यक्तिको जीवन बचाउन सकिने भएकोले यसलाई अभियानका रुपमा अघि बढाउने उद्धेश्य संघले लिएको अध्यक्ष दाहालको भनाइ छ । यसलाई अभियानका रुपमा देशका सात वटै प्रदेशमा लगिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment