Comments Add Comment

क्रायोथेरापी चिकित्साः क्यान्सरदेखि थुप्रै रोगको उपचारका सजिलो विधि

अमेरिकी अभिनेत्री लिंडसे लोहानले सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गरिन्, जसमा उनी क्रायोथेरापी लिइरहेको देखिन्थे ।

लिंडसेले शरीरलाई स्वस्थ राख्न माइनस एक सय १० डिग्रीभन्दा कम तापमान भएको चिसो च्याम्बरमा ‘क्रायोथेरापी’ गरेकी थिइन् ।

वास्तवमा, उत्तरी धु्रवभन्दा पनि अत्याधिक चिसो यो च्याम्बरमा तीन मिनेटमात्र विताइन् । आखिर यो के हो ? कस्तो उपचार विधी हो ? स्वभाविक रुपमा जिज्ञासा उठ्न सक्छ ।

के हो क्रायोथेरापी ?

चिसो थेरापी समेत भनिने क्रायोथेरापीको सुरुवात जापानले १९७८ ताका सुरुवात गरेको थियो ।  सन् १९८४ सम्म क्रायो-थेरापी यूरोप तथा दुनियाँको विभिन्न भागहरुमा पुगिसकेको थियो । यो थेरापी लिनको लागि विरामी स्वीमिङ सुटमा ‘क्रायो चेम्बर’मा प्रवेश गर्छन् ।

यस च्याम्बरलाई लिक्विड नाइट्रोजन, कार्वन डाइअक्साइड स्नो वा डाइमेथीलेथर प्रोपेन जस्ता ग्यासको प्रयोगद्धारा माइनस एक सय १० सेल्सियससम्म चिसो बनाइन्छ । विरामीलाई त्यसमा बढीमा तीन मिनेट राखिन्छ ।

जसले गर्दा छालाको माथिल्लो सतह केही समयका लागि जम्न सक्छ । रक्तबाहिनी फुलेर धेरै अक्सिजन लिन थाल्छ । संवेदनशील कोशिका स्पपाइनल कर्डलाई संवेदनशील बनाउन थाल्छ ।जसले गर्दा जोर्नी, मांसपेसिया तथा स्नायु तन्त्रका रिसेप्टर्समा वदलाव हुन थाल्छ ।

यसले मस्तिष्क ज्यादा क्रियाशील भएर शरीरलाई चिसो हुनबाट बचाउन उर्जा दिने वा दुखाई कम गर्ने रसायन एंडोफिर्न निर्माण गर्न थाल्छ , जसले गर्दा शरीरमा रक्तप्रवाह बढेर तनाव तथा दुखाईमा कमी आउन थाल्छ ।

सामान्यतया कुनै स्थानीय ठाउँमा चोट लाग्दा हामी आइसले सेक्ने गर्छौ, जसलाई आइप्याक थेरापी भनिन्छ । क्रायोथेरापी भनेको यसको परिस्कृत रुप हो ।

स्तन क्यान्सरको उपचार

क्रायो-थेरापीको एक अंग हो, आइस बल थेरापी । स्तन क्यान्सरको उपचारमा यो थेरापीको प्रयोग गर्न थलिएको छ । खासगरी, आइसबल थेरापीमा स-साना सुईद्धारा स्तनको भित्र प्वाल पारेर क्यान्सरको गाठोंमा निकै चिसो ग्यास पठाइन्छ ।

अत्याधिक चिसोका कारण ट्यूमर बेअसर भइदिन्छ । एक हिसाबले यो उपायले क्यान्सर बढाउने टिस्यूलाई नै नष्ट गरिदिन्छ । जसले गर्दा यो क्यान्सर फैलिने सम्भावना न्युन हुने गर्छ । यो उपचार पद्धति शल्यक्रिया भन्दा कम पिडादायक हुन्छ । एउटा तथ्य यो पनि हो कि क्रायो-थेरापीकै कारण चीनकै एक महिलाको अन्मित स्टेजमा रहेको क्यान्सर समेत निको भएको थियो ।

चिनिया क्यान्सर रोग विशेषज्ञका अनुसार उपचारकै क्रममा उक्त महिलाको शरीरमा रहेको ट्यूमर आसपासको तापक्रमलाई माइनस १५० डिग्री बनाइएको थियो । पछि उक्त मृत ट्यूमरलाई शल्यक्रियाद्धारा हटाइएको थियो । परिणामस्वरुप, शल्यक्रियाको आठ वर्ष पश्चात्त पनि महिलामा क्यान्सरको कुनै लक्षण देखिएन । उनी अहिले पनि जीवित छिन् र सुखद जीवनयापन गरिरहेकी छिन् ।

पीडारहित विधि

क्रायोथेरापीलाई १५-२० दिनको अन्तरालमा दोहर्‍याएमा आर्थाइटिस अर्थात गठिया रोगमा आराम मिल्छ । विरामीले सेवन गर्नुपर्ने औषधीको मात्रा पनि कयौ गुणा कम हुन्छ ।

जानकारहरुका अनुसार गठिया रोग निर्मल गर्न विरामीलाई ३० पटक सम्म यो थेरापीको आवश्यकता पर्छ । एक पटक यो थेरापी गर्नका लागि दुई हजार रुपैयासम्म शुल्क लाग्न सक्छ । यो थेरापी पिडारहित हुन्छ । यो थेरापीद्धारा चिसोका कारण हुने आस्थमा रोग पनिठिक हुनसक्छ ।

वास्तम चिसो मौसममा वातावरणमा चिस्यान हुन्छ । जबकी क्रायो चेम्बर्सको कृतिम चिसो सुख्खा हुन्छ । र, यसको चिकित्सकीय प्रयोग पनि प्रभावकारी हुन्छ । यसबाहेक, यो चिसोलाई आवश्यकता अनुसार मात्रै प्रयोग गर्न सकिन्छ । यो थेरापी कुनै पनि शल्यक्रियाको विकल्प हैन । तर यसको मद्दतले कयौ प्रकारको गम्भीर रोगसित लड्न सकिन्छ ।

क्यालोरी हुन्छ कम

मोटोपना कम गर्न पनि क्रायोथेरापी निकै प्रभ्ाावकारी मानिन्छ । मोटोपना कम गर्ने प्रकृयालाई क्रायोपोलिसिस भनिन्छ । यो प्रकृया अन्तर्गत धेरै चिसोमा बस्दा रक्तप्रवाह तिव्र भइदिन्छ । जसले गर्दा मेटाबोलिज्म प्रक्रिया पनि तिव्र भइदिन्छ । जसले गर्दा एक पटकमा चार सय देखि आठ सय क्यालोरी वर्न हुने गर्छ । मोटोपना बाहेक पनि एञ्जाइटी, मांपसेशीको खिचाव, ढाड दुख्ने समस्या, मुटु रोग तथा टाउको दुख्ने पुरानो समस्यामा क्रायोथेरापीले राहत प्रदान गर्छ ।

क्रायोथेरापी एसियामा

क्रायोथेरापी सेवा अहिले विदेशमा मात्र नभएर छिमेकी मुलुक भारत तथा नेपालमा समेत उपलब्ध छ । भारतको मुम्बई, चेन्नाई, बैगलोर, दिल्ली लगायतका विभिन्न शहरमा समेत यसको सेन्टर खुल्ने क्रम जारी छ ।

नेपालमा पनि विभिन्न रोगको निदानका लागि यो थेरापीको प्रयोग हुँदै आएको छ । यद्यपी, यस किमिसको थेरापी  बारे धेरै मानिस अहिले पनि अनविज्ञ छन् ।

क्रायोथेरापीमार्फत विभिन्न रोगको उपचार सम्भव भएपनि उच्च रक्तचाप, गर्भवती महिला, रगत जम्ने समस्या भएका व्यक्ति, हात सुन्निने समस्या भएमा चिकित्सकहरुको परामर्श विना यो थेरापीको प्रयोग नगर्न सुझाव दिने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment