Comments Add Comment

गजल-किन्ने पाए यो जवानी दिन्छु भन्थी उसले…

भैँसी बेची घरको छानो किन्छु भन्थी उसले
किन्ने पाए यो जवानी दिन्छु भन्थी उसले

जवानी नि दुईचार दिनको वर्षे भेल होला
उस्तै परे खाडी मुलुक हिन्छु भन्थी उसले

दुःख पर्दा आऊ बस भनेकै हुँ मैले, तर
मेरो चिन्ता म आफैले लिन्छु भन्थी उसले

अचेल शहर धाएकी छ, फेरिफेरि लाएकी छ
दुईचार जना कारोबारी चिन्छु भन्थी उसले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment