Comments Add Comment

एकैपटक गण्डकी विकास बैंकल खोल्यो आठ शाखा


६ वैशाख, काठमाडौं । गण्डकी विकास बैक लिमिटेडले एकैदिन थप आठवटा शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ । नयाँ थप गरिएका शाखाहरुमा मकवानपुरको हेटौंडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाण्डौंको नयाँ बानेश्वर रहेका छन् । यस सगै बैकका ५९ वटा शाखाहरुबाट पुर्ण बैकिग सुविधा प्रदान हुनेछ ।

बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबीबीएस एटीएम, ईसीसी/आईपीएस, सीएएसबीए, मोबाइल बैकिङ्ग, लघुवित्त सेवा, रेमिट्यान्स सेवासहितको पूर्ण बैकिङ्ग सेवा संचालन गरिएको छ ।

वैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा आफ्ना विभिन्न सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ।

बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आबद्ध लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ । साथै बैकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधीन छन् ।

बैकले यी शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैकका कुल ७७ वटा शाखा कार्यलयहरु हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment