Comments Add Comment

अधिकारीले जिते आइ -२०, पन्तले हात पारे एक्सेन्ट


६ वैशाख, काठमाडौं। हुण्डार्इको गाडी किन्ने सुशनप्रसाद अधिकारी र कन्कार्इ आयल सप्लायर्सका पवनदेव पन्तले वम्पर उपहार पाएका छन्।

अधिकारीले ३१ लाख रुपैयाँ पर्ने आइ -२० म्याग्ना र पन्तले ३१ लाख रुपैयाँ पर्ने एक्सेन्ट एस गाडी पाएका छन्। अधिकारीले हुण्डार्इको इलाइट आइ -२० आस्ता गाडी किनेका थिए भने कन्कार्इले क्रेटा किनेको थियो।

हुण्डार्इको नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैंतिहारको अवसरमा ल्याएको योजना अन्तर्गत यो पुरस्कार पाएका हुन्।

कम्पनीले विहिबार अधिकार र कन्कार्इसँगै अरु विजेतालार्इ समेत पुरस्कार हस्तान्तरण गरिएको थियो । लक्ष्मी समूहका अध्यक्ष अध्यक्ष गणेशबहादुर श्रेष्ठ,कन्जुमर आर्इ नेपालकी अध्यक्ष विमला खनाल, मिस नेपाल श्रृंखला खतिवडा र हुण्डार्इ मिस फ्रेण्डसीप सायरा लामाले पुरस्कार हस्तान्तरण गरे । योजना अनुसार १० जनाले दुबर्इ भ्रमणको पुरस्कार पाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment