Comments Add Comment

सानो सिरुवारीमा सौर्य लिफ्टबाट खानेपानी, सयौ स्थानीय लाभान्बित

चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुवारीकी मनमाया श्रेष्ठको आजभोलि दैनिकी फेरिएको छ । घरदेखि १ घण्टाको दुरीमा रहेको कुवामा पानी लिन जानु पर्ने बाध्यता अब हटेको छ ।

बिहान झिसमिसेमा नै गाग्री र कचौरा लिएर कुवामा जानु पर्ने लामो समयको बाध्यता हटेको छ ।

आजभोलि घरमा नै जडान गरेको धारमा पानी भर्ने गरेकी छन् श्रेष्ठले ।

श्रेष्ठ मात्रै होइन सानोसिरुवारीकी मैया धितालको पनि समस्या उस्तै थियो । ‘लामो लाइन बस्नु पथ्र्याे कुवामा एक गार्गी पानी लिनका लागि । त, उनको पनि धारमा पानी आउँन थालेपछि उनी कम्ती खुसी छैन । बिहानभर कुवामा नै बित्थ्यो तर आजभोली धारामा नै पानी आउँन थालेपछि सजिलो भएको छ ।’ धितालले भनिन् ।

श्रेष्ठ र धिताल जस्तै सानोसिरुवारीका विभिन्न टोलका ५ सय बढी स्थानीयलाई अहिले खानेपानी सुविधा पाएका छन् ।

०७२ बैशाखमा गएको भूकम्पबाट खानेपानीको मुहान सुकेपछि खानेपानी सुविधाबाट बञ्चीत भएका सानोसिरुवारीवासीले अहिले भने सौर्य लिप\mट् प्रणालीबाट सुख्खा डाँडामो पानी आउँन थालेपछि सानोसिरुवारीका स्थानीयले लामो समयदेखिको खानेपानी समस्याबाट मुक्ति पाएका छन् ।

सुख्खा डाँडामा खानेपानी

सानोसिरुवारीको मजुवा बगरमा खानेपानीको मुहान त थियो तर मुहनाभन्दा माथी डाँडामा रहेको बस्तीका स्थानीय भने खानेपानी नपाएर काकाकुल झै थिए । तर, काकाकुलवाासी सानोसिरुवारीबासीका लागि बैकल्पिक ऊर्जा प्रर्वद्धुन केन्द्र,वल्र्ड भिजन इन्टरनेशनल र स्थानीय जनहित ग्रामीण सेवा समिति सानोसिरुवारीबासीका लागि भगवान नै भएर आए वस्तीमा ।

मजुवा बगरमा रहेको खानेपानी मुहानबाट १४५२ मिटर माथी कोटडाँडामा ट्याङकी मार्फत बस्तीमा खानेपानी वितरण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए ।

मजुवा बगरमा रहेको मुहानबाट दुइ स्टेजकबाट कोटडाँडासम्म पानी पुर्‍याइएको छ । सौर्य ऊर्जाबाट लिफ्टीङ गरेर कोटाडाँडामा रहेको रिजर्ववायर ट्याङकी मार्फत वस्तीमा खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सौर्य ऊर्जाबाट लिफ्टिङ

विद्युतबाट पानी लिफ्टीङ गर्दा महगो हुने भएपछि बैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रले २८ किलोवाट क्षमताको सोलार जडान गरिदिएको छ ।

पहिलो स्टेजको सोलार पाता १२ दशमलब ४८ किलोवाटको सोलार जडान गरिदिएको यसको हेड १६८ मिटर र एउटा पम्प जडान गरिएको बैकल्पीक ऊर्जा प्रर्वद्धन केन्द्रका कार्याकारी निर्देशक रामप्रसाद धितालले जानकारी दिए ।

त्यस्तै दोस्रो स्टेजमा १४ दशमलब ८२ किलोवाटको क्षमताको सोलार प्यानदल राखिएको छ भने त्यो सोलारबाट पम्प गरिएको पानी कोटडाँडामा रहेको ट्याङकीमा पानी झारिएको धितालले जानकारी दिए ।

मुहनादेखि बिचको ट्याङकी सम्म ६६० मिटरको दुरीमा पहिलो लिफ्टिङबाट पानी जम्मा गरिएको छ भने त्यहाँ जम्मा भएको ६६० मिटरमाथि रहेको ट्याङकीमा जम्मा गर्ने गरिएको खानेपानी आयोजनालाई सहयोग गरेको स्थानीय जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिए ।

वल्र्ड भिजन इन्टरनेशनल र जनहित ग्रामीण सेवा समितिले खानेपानी आयोजनाका लागि नगदसहित अन्य सामग्री गरी १ करोड १४ लाख ४९ हजार सहयोग गरेको समितिका निर्देशक शमार्मले बताए ।

त्यस्तै बैकल्पीक ऊर्जा प्रर्वद्धन केन्द्रले ४२ लाख ६९ हजार ८ सय ५७ रुपियाँ बराबरको सोलार प्यानल जडान गरिदिएको थियो ।

त्यस्तै नगरपालिका लगायत अन्य निकायबाट समेत गरी १ करोड ७७ लाख ८७ हजार ७०८ रुपियाँको लागतमा सौर्य लिफ्ट प्रणाली योजना सम्पन्न भएको थियो ।

सोलारबाट उत्पादन भएको विद्युत प्राधिकरणले खरिद गर्ने

सिन्धुपाल्चोकमा नै पहिलो पटक सौर्य सिस्टम मार्फत खानेपानी योजना सम्पन्न भएपछि त्यसको उद्घाटनका लागि ऊर्जा मन्त्री वर्षमान पुन,ऊर्जा सचिव र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङको उपस्थिति रहेको थियो ।

सोलार सिस्टमबाट दैनिक उत्पादन हुने २८ किलोवाट विद्युत प्राधिरणले खरिद गरिदिने ऊर्जा मन्त्री पुनले बताए ।

सोलाबाट उत्पादन भएको विद्युत प्राधिकरणको केन्द्रीय गि्रडमा जोड्न आफूहरुले सहयोग गर्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसीङले जानकारी दिए ।

पानी तान्ने बेलामा मात्रै यहाँ उर्जा आवश्यक छ,अन्य बेलामा विद्युत खेर गइरहेको छ,हामी यो विद्युत खरिद गछौ घिसीङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment