Comments Add Comment

सबै देशलाई टी-२० आई स्टाटस, च्याम्पियन्स ट्रफीको सट्टा विश्वकप नै खेलाइने


१३ वैशाख, काठमाडौं । च्याम्पियन्स ट्रफी नहुने भएको छ । तर, २०२० र २०२१ मा लगातार टी-२० विश्पकप हुनेछ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बोर्ड बैठकले २०२१ मा हुने भनिएको च्याम्पियन्स ट्रफी नखेलाउने निर्णय लिएको हो । जुन भारतमा हुने तय भएको थियो ।

त्यो वर्ष टी-२० विश्वकप हुनेछ । त्यसअघि २०२० मा अष्ट्रेलियामा पनि टी-२० विश्वकप हुँदैछ ।

सबै देशलाई टी-२० आई स्टाटस

आईसीसी बोर्ड बैठकले १०४ देशलाई नै टी-२० अन्तराष्ट्रिय मान्यता दिने भएको छ । सीईओ डेभिड रिचर्डसनका अनुसार महिला टिमलाई जुलाई १ २०१८ र पुरुष ठिमलाई जनवरी १ २०१९ बाट टी-२० अन्तराष्ट्रिय मान्यता दिइनेछ ।

हाल पूर्ण सदस्य देश १० सहित स्कटल्याण्ड, नेदरल्याण्ड्स, हङकङ, यूएई, ओमान र नेपालसँग मात्र टी-२० अन्तराष्ट्रिय मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment