Comments Add Comment

ढाकाबाट छुटेको बस धुलिखेल आइपुग्यो

१३ वैशाख, काठमाडौं । बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई वटा यात्रुवाहक बस बिहबिार काभ्रेको सदरमुकाम धुलिखेल आइपुगेको छ । बस धुलिखेल आइपुग्दा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारी र धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले स्वागत गरे ।

बंगलादेश-भुटान-भारत र नेपालबीच सिधा यातायात सञ्चालन गर्ने १५ जुन २०१५ को बीबीआईएन मोटर भेइकल एगि्रमेन्टअनुसार ढाकाबाट काठमाडौंका लागि छुटेका बस बुधबार दिउँसो काकडभिट्टा आइपुगेको थियो । साझ सौराहा पुगेको बस बिहीबार विहान ६ वजे धुलिखेलका लागि हिडेको थियो ।

ढाकाबाट करिब १२ सय किलोमिटर दुरीमा धुलिखेल आइपुगेको प्यासेन्जर बसको सञ्चालन परीक्षण (ट्रायल रन) बंगलादेश, भारत र नेपालका सरकारी प्रतिनिधि सम्मिलित बस धुलिखेल पुगेको हो । भारतबाट १२, बंगलादेशबाट २५ र नेपालबाट ६ गरी ४३ सदस्यीय टोली छन् ।

बसको ट्रायल रन सकिएपछि अब यसको सञ्चालन र पूर्वाधारहरुको व्यवस्थापन भएमा सञ्चालन सहज हुने भौतिक पूर्वधार तथा यातायात मन्त्रलायका उपसचिव गोविन्दप्रसाद खरेलले बताए ।

केहि व्यवस्थापन गर्न सके दिल्ली भन्दा सहज यात्रा काठमाडौंबाट ढाकाको हुने देखिने बताए । ‘दुरीका हिसावले काठमाडौंबाट दिल्ली भन्दा ढाका ४ सय किलोमिटर नजिक छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment