Comments Add Comment

७ प्रहरी उपरीक्षक (एसपी) को सरुवा, को कहाँ गए ?

१७ वैशाख, काठमाडौं । नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । उनीहरुको काज सरुवा भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो समय चर्चित साढे ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा लोकेन्द्र श्रेष्ठलाई पठाइएको छ ।

उनी प्रहरी प्रशिक्षण केन्द्रमा कार्यरत् थिए ।

अख्तियार दुरूपयोग अनुसन्धान अायाेग, कञ्चनपुर दबरबन्दी भइ हाल टंगालमा कार्यरत् दानबहादुर कार्की प्रहरी महानिरीक्षकको सर्वेन्द्र खनालको सचिवालयमा आएका छन् ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत् राजन अधिकारीलाई सुनसरीमा सरुवा गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का जीवन श्रेष्ठ जिल्ला प्रहरी कार्यालय, सिरहामा सरुवा भएका छन् ।

त्यस्तै, डम्बरबहादुर विक महानगरीय ट्राफिक प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय, धादिङ र जिल्ला प्रहरी कार्यालय, सिरहाका शेखर कोइराला ट्राफिक निर्देशनालयमा आएका छन् ।

त्यस्तै, धादिङका ध्रुवराज राउत अनुसन्धान विभागमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment