Comments Add Comment

‘कोहलपुर एक्सप्रेस’मा केकीले राम्रो गरिन्, मैले बिगारेँः ऋचा शर्मा


कोहलपुर एक्सप्रेसमा अभिनय गर्दा नायिका ऋचा शर्मालाई निकै धुकचुक थियो, आफ्नो क्यारेक्टर फिल्ममा कस्तो देखिने हो भन्ने । त्यसो त उनले केकी अधिकारीको मित्रताको आधारमा यो रोल गरेको अन्यथा नगर्ने बताउँदै आएकी छिन् ।

फिल्ममा एक बार गर्लको भूमिका निभाएकी ऋचालाई विवादस्पद मोडेल तिर्सना बुढाथोकीको हाउभाउमा उतारिएको छ । फिल्ममा उनको भूमिकाले दर्शकलाई मनोरञ्जन त गराएको छ, तर ठाउँ-ठाउँमा अलि बढि नाटकीय लाग्छिन् ।

ऋचाले दर्शकसँग बसेर यो फिल्म हेरिन्, र उनलाई आफ्नै भूमिका चित्त बुझेन । ‘मैले सायद त्योभन्दा धेरै राम्रो गर्न सक्थेँ,’ ऋचाले भनिन्, ‘फिल्ममा सबैभन्दा कमजोर मैले आफैंलाई पाएँ ।’

उनले फिल्ममा केकीको भूमिका र अभिनय सबैभन्दा बुलन्द भएको भन्दै प्रशंसा गरेकी छिन् । यसैगरी प्रियंका कार्कीले पनि पुरै फिल्मभरी स्वभाविक अभिनय गरेको बताइन् । तर, आफ्नै अभिनयमा भने खोट लगाइन् ।

‘म अस्वभाविक देखिएकी छु,’ उनले भनिन्, ‘सिरियस रोल गरिरहेकी मलाई यस्तो रोल सुहाएन ।’ यद्यपि, दर्शकबाट भने राम्रो रेस्पोन्स आइहेको उनले बताइन् ।

‘सँगै बसेर फिल्म हेर्दा मेरो रोलमा दर्शकले भने निकै इन्जोइ गर्नुभएको पाएँ, त्यसैले कमिकमजोरी भए पनि मलाई यो रोल गरेकोमा पछुतो चाहिँ छैन,’ उनी भन्छिन् ।

सक्षिकहरुले भने उनको अभियको आलोचना गरिरहेका छन् । यसमा ऋचालाई गुनासो छैन । ‘उहाँहरुले जे लेख्नुभएको छ, ठिक छ, अब आगामी दिनमा यस्तो खालको रोल गर्दिनँ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment